रामेछाप घर भएका सैनिक जवानले आफैलाई गोली प्रहार गरी गरे आत्माहत्या
मन्थली - रामेछाप घर भएका नेपाली सेनाका एक जवानले आत्माहत्या गरेका छन् । रामेछापको लिखु गाउँपालिका ५ घर भएका सेना जवान २३ वर्षीय अमिर तामाङले आफैंलाई गोली हानेर आत्माहत्या गरेका हुन् । उनले महोत्तरीको जलेश्वरस्थित श्री रणभीम गण प्रकौलीमा ड्यूटीमै रहेको बेला आफैंलाई गोली हानेका थिए ।
विहान ३ बजेदेखि ६ बजेको बीचमा ट्यूटीमै रहेका बेला ५.५ मिनी इन्सास हतियारबाट आफ्नै कन्चटमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घट्नास्थलबाट शव उठाएर रामेछापबाट परिवार पुगेपछि आवश्यक प्रक्रिया पूरा गरी शव पोष्टमार्टम गर्ने तयारी छ । प्रहरीका अनुसार घट्नाको कारण खुल्न सकेको छैन । उनले आफुलाई गाली प्रहार गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८ ०९:५५
प्रतिक्रिया दिनुहोस्