Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अदालतको आदेशसँगै कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं संसदिय दलका नेता शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन् ।

संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालका अनुसार नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ ग्रहणबारे समन्वय भइरहेको छ । 

देउवा केही मन्त्रीसहित सपथ ग्रहणको तयारीमा छन् । त्यसका लागि गठबन्धनबीच छलफल भैरहेको छ । आजै साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update