Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एमाले कार्यदलले बरिष्ठ नेता नेपाललाई बुझायो १० बुँदे सहमतिको प्रस्ताव

काठमाडौं - नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति बरिष्ठ नेता माधव कुमार नेपाललाई बुझाएको छ । कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई कोटेश्वर पुगेर उक्त सहमतिपत्र बुझाएका हुन् ।

कार्यदलले पार्टीभित्रको विवाद समाधानलाई केन्द्रमा राखेर १० बुँदे सहमतिको प्रस्ताव तयार गरेको थियो । उक्त सहमतिको प्रस्ताव कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै बुझाईसकेको छ ।

अध्यक्ष ओलीसहितको स्थायी समितिको अनौपचारिक बैठक चलिरहेका बेला नेता भिम रावल सहित कार्यदलका सदस्यहरुले सहमतिपत्र बुझाएका थिए । पार्टी भित्र सहमतिको वातावरण बन्दै गएको भन्दै बरिष्ठ नेता नेपाललाई विपक्षी गठबन्धन छोड्ने संकेत गरिसकेका छन् । 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update