जिप दुर्घट्नामा रामेछाप दोरोम्बाका दुई जनाको मृत्यु
मन्थली - रामेछापको खाँडादेवी १ स्थित राकाथुममा भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया संगिता पहरी रहेका छन् ।
उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक बिक्रमकुमार थापाले जानकारी दिए । गोपीलालको शिर मेमोरियल अस्पताल बनेपा र संगीताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
भक्तपुरबाट रामेछापको दोरम्बातर्फ आउँदै गरेको बा १४ च ९४९८ को जिप सडक दुर्घट्ना हुँदा ३० जना घाईते भएका थिए । अन्य घाईतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६ १२:५३
प्रतिक्रिया दिनुहोस्