विपत व्यवस्थापन कोषमा नेकपा वाग्मती प्रदेश सांसदहरुको आधी महिनाको तलव
हेटौंडा - कोभिड १९ (कोरोना भाईरस) को रोकथाम र जोखिम न्युनीकरणका लागि नेकपा बाग्मती प्रदेशका संसदहरुले तलब वापतको रकम सहयोग गर्ने भएका छन् । नेकपा वाग्मती प्रदेश संसदिय दलको बैठकले विपत व्यवस्थापन कोषमा १५ दिनको तलव जम्मा गर्ने निर्णय गरेको हो । कोरोना भाईरस (कोभिड १९) को प्रतिरोधात्मक तयारीका लागि सांसदहरुको १५ दिनको तलव जम्मा गर्ने निर्णय भएको सांसद कञ्चन खनालले जानकारी दिईन् ।
प्रदेश सांसदको मासिक तलब आवास, बैठकभत्ता, संचार, भ्रमण भत्ता बाहेक ५५ हजार रुपैयाँ वरावर रहेको छ । प्रदेशसभामा नेकपाको एक सय बढि सांसदले प्रतिनिधित्व गर्छन् ।
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६ ०७:२५
प्रतिक्रिया दिनुहोस्