चरिकोट - दोलखामा क्रियाशील पत्रकारहरुलाई कोरोना भाईरस (कोभिड १९) बाट सुरक्षित हुन आवश्यक सामग्री प्रदान गरिएको छ । पत्रकार महासंघको ६५ औँ स्थापना दिवसको सन्दर्भमा जिल्लाका ३० जना क्रियाशील पत्रकार र ४ वटा रेडियोहरुलाई सुरक्षा सामग्री प्रदान गरिएको हो ।
सदरमुकाम चरिकोटमा आईतवार जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा लगाएतका अतिथिबाट सेनीटाईजर, ग्लुप्स, मास्क लगाएतका सुरक्षा सामग्री पत्रकारहरुलाई वितरण गरियो ।
पत्रकार महासंघ दोलखाका अध्यक्ष जिवन लामाले कोभिड–१९ (कोरोना भाईरस) को सम्भावित जोखिमको समयमा पनि फिल्डमा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै उक्त सामग्रीहरु प्रदान गरिएको बताए ।
प्रेम–पुर्ण–प्रताप फाउण्डेशन नेपालकी संरक्षक, दोलखाली चेली (हाल अमेरिका) को आर्थिक सहयोगमा ती सामग्रीहरु प्रदान गरिएको हो । संरक्षक पदमा प्रधानको पारिश्रमिकबाट लकडानको समयमा काठमाण्डौंमा संकटमा परेका ज्यालादारी मजदुरहरुलाई पनि सहयोग गरिएको छ ।
यसैबीच लकडाउनको समयमा सातदोवाटोमा खटिरहेका सुरक्षाकर्मीहरुलाई दोलखा उद्योग वाणिज्य संघका सदस्यद्वय दिनेश बस्नेतबाट ३ कार्टुन ९९ वटा फ्रुटी, बलराम थापाबाट ५ दर्जन मिनरल वाटर, दोलखा सामुदायिक अस्पतालका सञ्चालक अमृत बुढाथोकीबाट प्राप्त ग्लोब्स, दोलखा चेम्बर अफ कमर्शद्धारा प्राप्त मास्क पनि प्रदान गरिएको छ ।