Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रामेछापमा बिदेशबाट आउने ४२ जना क्वारेन्टाईनमा

रामेछाप - रामेछापमा बिभिन्न देशहरुबाट फर्किएकाहरु धमाधम क्वारेन्टाईनमा बस्न थालेका छन् । जिल्लालाका आठ वटै स्थानीय तहमा उच्च सतर्कता अपनाउँदै बाहिरबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखिएको हो ।

हालसम्म छिमेकी मुलुक भारत र अन्य बिभिन्न देशहरुबाट आएका ४२ जनालाई जिल्लाका बिभिन्न स्थानका क्वारेन्टाइनमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णका अनुसार शुक्रबार साँझसम्म रामेछाप नगरपालिकामा १२ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ९ जना, गोकुलगंगा गाउँपालिकामा ६ जना र खाँडादेवी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । तीमध्ये ३१ जना घरमा र बाँकी सामुदायीक क्वारेन्टाइनमा रहेका छन् ।

रामेछापका स्थानीय तहमा आवश्यक पर्दा चिकित्सकहरु गएर उपचार गर्न सक्ने खालका ३७ भन्दा बढी आइसोलेसन कक्षहरु तयारी अवस्थामा छन् । हालसम्म मन्थली नगरपालिकामा २२ वटा, रामेछापमा ४ वटा, दोरम्बा गाउँपालिकामा ७ वटा र सुनापति गाउँपालिकामा ४ वटा आइसोलेसन सेन्टर स्थापना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update