Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
३ नम्बर प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने औपचारिक निर्णय

२५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीबारे औपचारिक निर्णय गरेको छ ।

शुक्रबार बसेको संसदिय दलको बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो । यसअघि पार्टी केन्द्रीय सचिवालयले नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । बैठकमा असन्तुष्ट सांसदहरुले भने आफ्नो फरक मत राखेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update