Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना भाईरस् सालकबाटै फैलिएको हो ?

काठमाडौं - विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सालकबाट मानिसमा सरेको हुनसक्ने एक अनुसन्धानले देखाएको छ । पछिल्लो पटक वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको कोरोनासँग मिल्ने भाइरस जस्तै जिवाणुको तथ्य फेला परेको हो ।

वैज्ञानिकहरुले भविष्यमा आउनसक्ने यस किसिमको महामारीबाट बच्न जंगली जनावरको बजारमा कडाइका साथ रोक लगाउनुपर्नेमा जोड दिएका छन् । हङकङ यूनिभर्सिटीका डा.टोमी लामले पछिल्लो अनुसन्धानको नेतृत्व गरेका हुन् ।

अनुसन्धानका क्रममा महामारीसँग सम्बन्धित कोरोना भाइरसको दुई समूह मलेसियाबाट तस्करी गरेर ल्याइएका सालकमा पहिचान गरिएको छ । तर, अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलाउन सालकले खेलेको भूमिका भने स्पष्ट हुन सकेको छैन ।

 

सालक सबैभन्दा धेरै अवैधरुपमा तस्करी हुने स्तनपायी जनावर हो । यसको प्रयोग खाना र परम्परागत उपचारको लागि पनि गरिन्छ । जर्नल नेचरमा प्रकाशित शोधको अनुसार यी जनावरलाई चलाउँदा निकै सतर्कता अपनाउनु पर्छ । भविष्यमा पनि यस्ता भाइरस मानिसमा सार्न उनीहरुको भूमिकबारे थाहा पाउन निरन्तर निगरानी राख्नु पर्ने शोधकर्ताहरुको भनाई छ ।

अहिले पनि यो भाइरस कसरी जंगली जनावर सम्भवतः चमेरोबाट अन्य जनावर र त्यसपछि मानिसमा सर्यो भन्ने कुरा रहस्यमै छ । यो भाइरससँग चमेरा र सालक दुवै कारण रहेको पत्ता लागेको छ । तर, अझै पनि यसको वास्तविक अनुक्रम के हो भन्ने खुल्न सकेको छैन । यो भाइरस चीन वा दक्षिण पूर्वी एसियाबाट आएकोमा अझै अन्योलता देखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update