Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
स्वास्थ्य संस्था शनिवार र बिदाको दिन पनि बन्द नगर्न निर्देशन

चरिकोट - दोलखा गौरीशंकर गाउँपालिकाले शनिवार र विदाको समयमा पनि सेवा सुचारु राख्न मातहतका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । कारोना भाईरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्येनजर गर्दै सबै स्वास्थ्य संस्थालाई यस्तो निर्देशन दिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाको आईतवार बसेको बैठकको निर्णय अनुसार गाउँपालिका मातहतका सबै स्वास्थ्य संस्थाहरुलाई शनिवार र विदाको समयमा पनि स्वास्थ्य संस्था बन्द नगर्न निर्देशन दिएको हो । गौरीशंकर गाउँपालिकामा १ वटा प्राथमिक र २ वटा आधारभुत स्वास्थ्य केन्द्र सहित ११ वटा स्वास्थ्य संस्था छन् ।
आईतवारकै मितिदेखि लागु हुनेगरी गाउँपालिकाका सबै स्वास्थ्य संस्थालाई निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार खड्ले जानकारी दिए । उनका अनुसार सुत्केरी र किरिया विदा बाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन पनि निर्देशन दिईएको छ

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update