Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
५ हजार क्षमताको क्वारेन्टाईन बनाउने तयारी (हेर्नुस् सरकारका १० निर्णय)

काठमाडौँ — काठमाडौं उपत्यकामा ५ हजार व्यक्ति अटाउनसक्ने क्षमताको सार्वजनिक क्‍वारेन्टाइन स्थल निर्माण गरिने भएको छ । क्‍वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार उक्त कार्यदल गठन गरेको थियो ।

कार्यदलको बैठकले काठमाण्डौँमा कम्तीमा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्‍वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सरोकारवाला सबै निकायहरू संयुक्त रूपमा परिचालित हुने तयारी समेत गरेको छ । कार्यदलका संयोजक समेत रहेका संस्कृति मन्त्री योगेश भट्टराईको सचिवालयका अनुसार सार्वजनिक क्‍वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरून्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय भएको छ ।

कार्यदलले राष्ट्रिय खेलकुद परिषद्‍ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिनेसहित) मा क्‍वारेन्टाइनको लागि व्यवस्थापनको तयारीबारे विवरण पेस गर्न पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।
यस्ता छन्, क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले गरेका निर्णयहरू :

निर्णय नं. १
सार्वजनिक क्वारेन्टाइन स्थल सम्बन्धी मापदण्डको मस्यौदा आजै तयार गरी बेलुका ६ बजेसम्म गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ४ वटै सुरक्षा निकायका प्रतिनिधी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) रहेको टोलीले कार्य गरी पेश गर्ने ।

निर्णय नं. २
निर्णय नं. १ बमोजिमको टोलीको प्रतिवेदनरमस्यौदा आए पश्चात सो बमोजिम आवश्यक पर्ने स्रोतसाधनरबजेट व्यवस्थापन योजना सम्बन्धी कार्य अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र ४ वटै सुरक्षा निकायका प्रतिनिधीको टोलीले गरी भोली विहान १० बजे पेश गर्ने।

निर्णय नं. ३
पर्यटन विभाग र नेपाल पर्यटन वोर्डले नेपाल होटल संघ र होटल व्यवसायी महासंघसँग समन्वय गरी कम्तिमा २ हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरूको स्थान सहितको विवरण तयार गरी भोली विहान १० बजे पेश गर्ने।

निर्णय नं. ४
काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले इचङ्गुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरको निरीक्षण गरी आवश्यक पर्दा कति व्यक्ति क्षमतामा प्रयोग गर्न सकिन्छ विवरण तयार गरी भोली विहान १० बजे पेश गर्ने ।

निर्णय नं. ५
PABSON, NPABSAN र HISSAN का प्रतिनिधीले आपसी समन्वयमा कम्तिमा २ हजार ब्यक्ति क्षमताका होस्टेल र स्कूलको स्थान सहितको विवरण तयार गरी भोली विहान पेश गर्ने ।

निर्णय नं. ६
राष्ट्रिय खेलकुद परिषदले काठमाडौं, ललितपूर, पोखरा, वुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिने सहित) मा क्वारेन्टाइनको लागि व्यवस्थापन गर्न सकिने क्षमता एकिन गरी भोली विहान १० बजे पेश गर्ने ।

निर्णय नं. ७
उल्लेखित निर्णयानुसार नेपाल सरकारले उपत्यकामा कम्तिमा छ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकायहरू संयुक्तरूपमा परिचालित हुने र उक्त सार्वजनिक क्वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरून्त अस्थाई अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने ।

निर्णय नं. ८
कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति समक्ष देहाय बमोजिम क्षमताका क्वारेन्टाइन प्रयोग गर्न सक्ने गरी तयार गर्न देहाय बमोजिम प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन हुन सिफारिश गरी पेश गर्ने ः
९क० प्रत्येक प्रदेशले( कम्तिमा २ हजार क्षमताका
९ख० प्रत्येक महानगरपालिकाले कम्तिमा २ हजार क्षमताका
९ग० प्रत्येक उपमहानगरपालिकाले कम्तिमा १ हजार क्षमताका
९घ० सबै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँपालिकाले( कम्तिमा (हिमाली क्षेत्रको हकमा) ( ५ सय व्यक्ति (पहाडी क्षेत्रको हकमा) (ज्ञ हजार व्यक्ति र (तराई क्षेत्रको हकमा) ( १ हजार व्यक्ति क्षमताका क्वारेन्टाइन स्थल ।

निर्णय नं. ९
यस उपसमितिको वैठक भोली (२०७६, १२, १० गते विहान १० बजे मन्त्रालयको बैठक कक्षमा बस्ने।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update