कोरोना प्रभाव : दोलखामा अत्यावश्यक वाहेकका सबै सेवा बन्द
चरिकोट - जिल्ला प्रशासन कार्यालय दोलखाले नागरिकता, राहादानी वितरण लगाएतका दैनिक सेवा प्रबाह वन्द गरेको छ । प्रशासन कार्यालयले अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरेको गरेको जनाएको छ । कोरोना भाईरस (कोभिड १९) संक्रमणको नियन्त्रण तथा रोकथामका लागि भन्दै प्रशासनले दैनिक सेवा प्रवाह बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलख वहादुर आलेले आईतवारबाट लागु हुनेगरी नागरिकता, राहादानी वितरण लगाएतका सेवाहरु प्रवाह नहुने वताए । प्रशासनले सेवा प्रवाह नहुनेवारे सूचना जारी गर्दै सेवाग्राहीलाई सूचित गरेको छ ।
सूचनामा कहिलेसम्मका लागि सेवा प्रवाह बन्द हुनेबारे केही उल्लेख गरिएको छैन ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६ १२:१३
प्रतिक्रिया दिनुहोस्