Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘न्याय स्तम्भ’

डम्बर थामी अनुपम (नवोदित)

‘न्याय स्तम्भ’ 

छातिको अनन्त गहिराईमा
आमाको माया डुबाएर
यात्रामा हिंड्दै गरेकी
एक अथक छोरीलाई
केही नरपशुहरूले
जिउँदै चिथोरेर
कोपरेर
लुक्षेर फालेपछि
विशाल-वृहत
मानवसागरको बीचबाट
उम्रीएकी न्यायको सीमास्तम्भ
अपराध र न्याय बीचको
दुधको दुध
पानीको पानी छुट्टयाउने
लौहवक्ता उभिएपछी
नरपशुहरू चढेकाछन
फाँसीको तख्तामा

बसेको छ नजिर
फेरि बौरिएकी छन् चिहानबाट
काल बनेर निर्भया

20/03/2020 पराईभूमी

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update