Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नर्भिक अस्पतालको विज्ञप्ती : कोरोना संक्रमित कुनै विरामी भेटिएका छैनन्

काठमाण्डौँ - काठमाण्डौं स्थित नर्भिक अस्पतालले हालसम्म कोरोना भाईरस (कोभिड १९) का कुनै विरामी नभेटिएको स्पष्ट पारेको छ । अस्पतालले शनिवार एक विज्ञप्ती जारी गर्दै सामाजिक संजालमा नर्भिक अस्पतालमा कोरोना संक्रमित विरामी भेटिएको भन्ने सामाजिक संजालमा फैल्याईएको हल्ला झुटो स्पष्ट पारेको हो । 

सामाजिक संजालमा नर्भिक अस्पतालमा कोरोना संक्रमित विरामी भेटिएको भन्दै अडियो क्लिप सार्वजानिक भएको थियो ।  जारी विज्ञप्तीमा सामाजिक संजालमा आएका समाचार भ्रामक र कपोकल्पित भएको भन्दै निन्दा र भत्र्सना गरिएको छ । झुटो, भ्रामक प्रचार गर्नेलाई कडा कारबाही गर्न पनि विज्ञप्तीमा माग गरिएको छ । 

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update