चैत्र १० गतेदेखि लामो दुरीका सार्वजानिक यातायत नचल्ने
काठमाडौँ — सरकारले कोभिड १९ (कोरोना भाइरस) को संभावित संक्रमण नियन्त्रणका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न नदिने भएको छ । राष्टका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायात बन्द गरिने बताए ।
प्रधानमन्त्री ओलीका अनुसार नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ । सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने उनले बताए ।
सीमामा आवश्यक चेकजाँचका सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग समन्वय गर्ने जानकारी पनि प्रधानमन्त्री ओलीले दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६ १८:५३
प्रतिक्रिया दिनुहोस्