प्रधानमन्त्रीले देशबासिका नाममा सम्बोधन गर्दै
काठमाडौँ — कोरोना भाईरस (कोभिड १९) को प्रभावको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दैछन् । कोभिड १९ विश्वभर महामारीका रुपमा फैलिँदै गएपछि त्यसको संभावित संक्रमण रोकथाम लगायतका बिषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना प्रकोप र संभावित जोखिमको सामना गर्न सरकारले गरेका तयारीबारे जानकारी गराउने बताईएको छ । आजै सम्बोधन गर्ने तयारी भएपनि समयमा भने तय भैनसकेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले बताए ।
सरकारले कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि २५ जनाभन्दा धेरै भेला नहुने, शिक्षण संस्था बन्द गर्ने, अन्तराष्ट्र्रिय आवातजावात बन्द गर्ने लगाएतका निर्णय गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६ १४:३३
प्रतिक्रिया दिनुहोस्