काठमाडौँ — सरकारले कोरोना प्रकोपलाई मध्येनजर गर्दै कैदीबन्दी रिहा गर्ने तयारी गरेको छ । महान्यायधिवक्ताको कार्यालय स्रोतका अनुसार जघन्य अपराधका आरोपीबाहेकका थुनुवालाई रिहा गर्ने तयारी भैरहेको छ ।
कोरोना भाइरसको संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखेर गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी भैरहेको एक उच्च अधिकारीले बताए । यस विषयमा महान्यायाधिवक्ताको कार्यालय र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबीच छलफल भैरहेको स्रोतले बतायो ।
लागुऔषध दुव्र्यसनी, अभद्र व्यहारलगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे छलफल सुरु भएको हो । यसअघि सरकारले २५ जनाभन्दा बढी फेला हुन पाउने निर्णय गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको थियो ।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले पनि सरकारलाई नीतिगत निर्णय गरेर कैदीबन्दी घटाउन सरकारलाई निर्देशन दिएको छ ।