११ माघ, दोलख । बिगतमा केही ओझेलमा परेको ठानिएको शैलुङ पर्यटकहरुका लागि नयाँ आकर्षक गन्तव्य बन्दै गएको छ । चौँरी चर्ने शैलुङको लेकहरुमा अब हज्जारौँ पर्यटक भ्रमणमा निस्किन थालेका छन् । हिँउमा स्की र स्नोबोर्ड खेल्दै मज्जा लिन यो वर्ष हज्जारौं पर्यटक शैलुङमा भेला भए ।
दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र कालिञ्चोपछि शैलुङले आकर्षक गन्तव्यको स्थान बनाउँदैछ । यातायात र बसोवासको सुविधासँगै यो वर्षदेखि पर्यटकको चहलपहल शैलुङमा ह्वात्तै बढेको हो ।
शैलुङको सयथुम्काबाट गौरीशंकर, रोल्वालिंग हिमश्रृंखलासँग अति रमणीय स्थलहरुको दृष्यावलोकन गर्न सकिन्छ । यो काठमाण्डौँबाट १ सय २६ किलोमिटरको बस यात्रा र त्यसपछि केही पैदल यात्रा गरेपछि शैलुङ पुग्न सकिन्छ ।
शैलुङको सयथुम्का समुद्री सतहबाट करिब ३३ सय मिटर अग्लो स्थानमा अबस्थित छ । हिमपात भएपछि सबै थुम्काहरु बिछट्टै सुन्दर देखिन्छन् । यसलाई प्रकृतिको अनुपम उपहारका रुपमा लिन सकिन्छ । २० तस्बिरमा हुर्नुहोस्, सुन्दर शैलुङ....