Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अनेकोट हत्याकाण्डको २२ वर्ष

काभ्रे - काभ्रेपलाञ्चोकको अनेकोटमा ७ जना जनकलाकारहरुको हत्या भएको आज २१ वर्ष पुरा भएको छ । सशस्त्र जनयुद्धको समयमा २०५५ साल चैत्र ५ गते आजकै दिन अनेकोटमा उनीहरुको सामुहिक हत्या गरिएको थियो ।

तत्कालिन शाही नेपाली सेनाले अनेकोटमा घेरा हालेर निशस्त्र अवस्थामा रहेका ७ जना कलाकारहरुको हत्या गरेको थियो । सो हत्याकाण्डमा च्याङवा लामा, निर्मला देवकोटा, गुम्बासिंह तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनिमाया लामालाई जिउँदै जलाएर नृसंश हत्या गरिएको थियो ।

आजको दिनलाई जनसांस्कृतिक महासंघ लगाएतका प्रगतिशिल संघ संस्थाहरुले साँस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउँछन् ।

जनसांस्कृतिक महासंघ नेपालका सरल सहयात्रीले अनेकोटका शहिदहरुको सम्मान र सम्झनामा बिविन्न कार्यक्रम गर्ने तयारी गरिएकोमा कोरोना भाईरस (कोभिड १९) का कारण सम्पूर्ण कार्यक्रम स्थगित गर्नुपरेको जानकारी दिए । उनले आगामी दिनमा कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाए ।

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update