चरिकोट - यो वर्षको एसइई परीक्षामा दोलखाबाट ३ हजार भन्दा बढि विद्यार्थी सहभागि हुने भएका छन् । जिल्लाको ९६ वटा माध्यामिक विद्यालयबाट ३ हजार १ सय ५२ विद्यार्थी एसईई परीक्षामा सहभागि हुने भएका हुन् ।
परीक्षामा १ हजार ४ सय ४३ छात्र र १ हजार ७ सय ९ जना छात्रा सहभागि हुन लागेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।
परीक्षाका लागि यो वर्ष जिल्लामा १९ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
जिरी स्थित ढुंगेश्वर मावि र सदरमुकाम चरिकोट स्थित कालिञ्चोक माविलाई नयाँ परीक्षा केन्द्र तोकिएको छ । महेन्द्रोय मावि माटी र सर्वमावि जिलुको परीक्षा केन्द्र ती दुई स्थानमा सारिएको हो ।
एईई परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षाकेन्द्र पठाईसकिएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, प्रहरी सहितको टोली परिचालन गरिनेछ । एसईई पर्सि विहिवार ६ गतेदेखि सुरु हुँदैछ । सरकारको निर्देशन अनुसार परीक्षा केन्द्रमा हेल्थडेक्स राख्ने तयारी छ ।