Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वासस्थानमै असुरक्षित बन्दै राष्ट्रिय पंक्षी ‘डाँफे’

सिंगटी - राष्ट्रिय पंक्षी डाँफे आफ्नै बासस्थानमा असुरक्षित बन्दै गएका छन् । चोरी शिकारीको अलवा चराचुरुङ्गीको आन्तरिक द्धन्द्धका कारण पनि डाँफेको संख्या घट्दै गएको पाईएको छ । हिमरेखा क्षेत्रमा बस्न रुचाउने लजालु र काँतर स्वभावका डाँफे बाज, चिल, कागले शिकार गर्ने तथा जिस्काउदा भाग्ने क्रममा ठोक्किएर मर्ने गरेको बताइएको छ ।

गौरीशंकर संरक्षण क्षेत्र, दोलखा विगु गाउँपालिका १ लामाबगरमा शनिवार राष्ट्रिय पंक्षी डाँफे छटपटाईरहेको अबस्थामा भेटियो । चिलले लखेट्दै शिकार गर्न लागेको दृष्य स्थानीयले देखेपछि त्यो पोथी डाँफेको उद्धार गरेका छन् । स्थानीय चाम्माई तामाङ्गले चिलदेखि डाफेलाई खोसेर जिबितै उद्धार गर्न सफल भईन् । चिलले डाँफेलाई बासस्थानदेखि लखेट्दै मानवबस्ती नजिकै ल्याईपुर्याएको थियो ।

गौरीशंकर संरक्षण क्षेत्रको लामावगरमा बाजले शिकार गर्दै गरेको पोथी डाँफे (तस्वीर शंकरमान थामी)
गौरीशंकर संरक्षण क्षेत्रको लामावगरमा बाजले शिकार गर्दै गरेको अबस्थामा उद्धार गरी वासस्थानमा छाडिएको पोथी डाँफे (तस्वीर : शंकरमान थामी

 

उक्त सूचना सेतीदेवी संरक्षण वन व्यवस्थापन उपसमितिको अध्यक्ष सोनामदोर्जी शेर्पाले गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको कार्यालयमा जानकारी गराएपछि त्यहाँबाट खटि गएको प्राकृतिक श्रोत संरक्षण सहायक शंकरमान थामी र निरन्जन थापा टोलीले डाँफेको परीक्षण गर्यो । अवस्था तन्तुरुस्त रहेको ठहर गरिएपछि स्थानीय सरोकारवालाको रोहबरमा डाँफेलाई पुनः बासस्थानमा छाडिएको छ । स्थानीयका अनुसार अरु बेला पनि बाजहरुले डाँफेको शिकार गर्ने गरेको दृष्य देखिन्छ ।

चिलले लखेट्दै शिकार गर्न लागेको दृष्य स्थानीयले देखेपछि त्यो पोथी डाँफेको उद्धार गरेका छन् । स्थानीय चाम्माई तामाङ्गले चिलदेखि डाफेलाई खोसेर जिबितै उद्धार गर्न सफल भईन् । चिलले डाँफेलाई बासस्थानदेखि लखेट्दै मानवबस्ती नजिकै ल्याईपुर्याएको थियो ।

रंगीचंगी डाँफे जाडो याममा लालीगुराँस फुल्ने जंगल तथा गर्र्मीमा माथिल्लो बुकी क्षेत्रमा समूह बनाइ बस्ने गर्दछन् । वर्षा यामपछिको समय र वसन्त तथा ग्रीष्म ऋतुमा समेत सिकारीहरू र गोठालाहरूले पासो थाप्ने र मार्ने गरेको गुनासो सुनिदै आएको छ ।

नेपालमा यसको संख्या ३ हजार ५ सय देखि ५ हजारसम्म भएको अनुमान छ । ७० सेन्टिमिटरसम्म लामो डाँफेको भालेको वजन २ हजार ३ सय ८० ग्राम तथा पोथीको वजन २ हजार १ सय ५० ग्रामसम्म हुन्छ । डाँफे नेपाल लगायत भारत, बर्मा, तिब्बत तथा अफगानिस्तानका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ । यसको प्वाँख विभिन्न धार्मिक परम्परामा अत्यन्त महत्वका साथ प्रयोग हुने गरेको छ ।

डाँफेको स्वभाव नै कोही देख्यो भने लुकी हाल्ने, कसैले जिस्कायो भने डराइहाल्ने भएकाले स्वभाव अनुसारको बासस्थानको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको चरा विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update