डिभिजन वन कार्यालय दोलखाकी प्रमुख अख्तियारको नियन्त्रणमा
भक्तपुर - डिभिजन वन कार्यालय दोलखाकी प्रमुख शान्तामाया श्रेष्ठ शंकास्पद नगद सहित पक्राउ परेकी छन् । श्रेष्ठलाई भक्तपुरको गठ्ठाघरबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।
भक्तपुरको गठ्ठाघरबाट श्रेष्ठलाई नगदसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनको साथमा रहेको नगद सेवाग्राहीबाट लिएको घुस हुनसक्ने आशंका गरिएको छ ।
दोलखाबाट काठमाडौं गईरहेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले नगदसहित श्रेष्ठ र अन्य दुई जनालाई २ लाख ३ हजार नगद सहित नियन्त्रणमा लिएको हो ।
उनी सवार गाडीमा कार्यालय सहयोगी र उनका परिवार सवार रहेको अख्तियार स्रोतले बताएको छ । अख्तियारको टोलीले घट्नास्थलबाट मुचुल्का उठाई थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६ २०:०६
प्रतिक्रिया दिनुहोस्