Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
श्रीमानबाट बलात्कृत भएको भन्दै अदालतमा मुद्धा

चरिकोट - दोलखाकी एक महिलाले आफ्नै श्रीमान बिरुद्ध जबरजस्ती करणीको मुद्धा दर्ता गरेकी छन् । मदिरा सेवन गरेर श्रीमानले आफुमाथि जबरजस्ती करणी सहित शारिरिक तथा मानसिक यातना दिएको भन्दै शर्मिला चरिकोट ८५ (नाम परिवर्तन) ले जिल्ला अदालत दोलखामा मुद्धा दायर गरेकी हुन् । अदालतले दुबै जनाको नाम ठेगाना गोप्य राखेको छ ।

पछिल्लो पटक श्रीमानले आफ्नो ईच्छाबिपरित २०७५ साल जेठ २६ गते जबरजस्ती करणी गरेको महिलाको अभियोग पत्रमा उल्लेख छ । उनले अदालतमा भने २०७६ साल असार २५ गते मुद्धा दायर गरेकी हुन् ।

ती महिलाले दायर गरेका अभियोग पत्रमा मुलुकी अपराध संहिता जबरजस्ती करणी कसुरको धारा २१९ को उपधारा ४ बमोजिम कैद सजाय र सोही दफाको धारा २२८ बमोजिम क्षतिपूर्ति माग दावी गरिएको दोलखा जिल्ला अदालत सूचना शाखाले जानकारी दिएको छ । 

ती महिलाले दायर गरेका अभियोग पत्रमा मुलुकी अपराध संहिता जबरजस्ती करणी कसुरको धारा २१९ को उपधारा ४ बमोजिम कैद सजाय र सोही दफाको धारा २२८ बमोजिम क्षतिपूर्ति माग दावी गरिएको दोलखा जिल्ला अदालत सूचना शाखाले जानकारी दिएको छ । 

आफ्नो ईन्छाचाहना विपरित जबरजस्ती करणी गरेको, हातखुट्टाले शरिर थिचेर यातना दिएको र जिवर रक्षाका लागि भागेर माईती जानुपरेको महिलाको वयान छ । उनीहरुले २०७२ साल बैशाखमा मागी विवाह गरेका थिए । श्रीमान विवाह भएको २२ दिनपछि बैदेशिक रोजगारीको शिलशिलामा विदेश गएर २०७५ मा स्वदेश फर्किएका थिए ।

अदालत स्रोतका अनुसार दोलखामा यस्तो प्रकृतिको मुद्धा दर्ता भएको सम्भवतः पहिलो घट्ना हो । उक्त मुद्धा फैसला हुने प्रक्रियामा छ ।मुलुकी अपराध संहिता २०७४ मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा श्रीमानले श्रीमतीलाई जबरजस्ती करणी गरेको ठहरिएमा पाँच वर्षसम्म कैद सजाय र क्षतिपूर्ति दिलाउने व्यवस्था छ । श्रीमान बिरुद्ध जबरजस्ती करणीको मुद्धा हालेसँगै ती महिलाले सम्बन्धविच्छेदको माग पनि गरेकी छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update