चरिकोट - दोलखा सदरमुकाम चरिकोटमा पहिलो पटक सुविधासम्पन्न सुपरमार्ट सञ्चालनमा आएको छ । चरिकोट सातदोवाटो स्थित अदिति कम्प्लेक्सको दोस्रो तल्लामा सञ्चालनमा ल्याईएको सुपरनाईन मार्टको भिमेश्वर नगरपालिकाका मेयर भरत केसिले बिहिवार उद्घाटन गरे । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्नेगरी सुपरमार्ट सञ्चालनमा ल्याईएको हो ।
मार्टमा खाद्यन्न, घरेलु प्रयोजनका सम्पुर्ण सामान, घरायसी, सौन्दर्य सामग्री, फलफुल तरकारी, दूध, दही, मासु र तयारी नास्ताका परिकार, बच्चाको खेलौना लगाएतका सबै दैनिक उपभोग्य सामग्री उपलब्ध छन् । उद्घाटनको सन्दर्भमा मार्टमा पाईने सम्पूर्ण सामानहरुमा ३ प्रतिशत छुट गरिएको जनाईएको छ । मार्टमा कार्डको प्रयोग गरेर पनि पेमेन्ट गर्न सकिने सुविधा छ ।
सुपरनाईन मार्टभित्र कोशेलीघरको समेत व्यवस्था छ । जहाँबाट जिल्लाको घरेलु उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । कोशेलीघरबाट जिल्ला घुम्न आउने पर्यटकहरुले कोशेलीका रुपमा घरेलु उत्पादनका बस्तु सुपथ मुल्यमा खरिद गर्नसक्नेछन् । मार्टका सञ्चालक दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुन्दर कार्कीले उपभोक्ताको हितलाई मध्येनजर गर्दै सुलभ मुल्यमा गुणस्तरिय सामान उपभोक्तासम्म पुर्याउने लक्ष्यसहित नाईन मार्ट सञ्चालनमा ल्याईएको बताए ।
माार्टमा कार्कीसँगै व्यवसायीहरु दिनेश बस्नेत, बलराम थापा, दिनेश पाठक, सुरेश उप्रेती, श्यामकृष्ण कायस्थ, शंकर अधिकारी, हिमाल न्यौपाने र राजन थापाको लगानी छ । सञ्चालकहरुका अनुसार सुपरमार्टमा २ करोड बरावर लगानी भएको छ । नाईन मार्टलाई जिल्लाका सवै स्थानीय तहमा शाखा स्थापना गरी विस्तार गर्ने लक्ष्य रहेको जानकारी पनि कार्कीले दिए । उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा शाखा विस्तार गर्ने लक्ष्य राखिएकाले नाईनमार्ट नामाकरण गरिएको हो ।