काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दोलखा जिल्ला संघिय निर्वाचन क्षेत्र ईन्चार्जको जिम्मेवारी प्रदेश सचिवालय सदस्य बालकृष्ण शिवाकोटीलाई दिएको छ । नेकपा प्रदेश संगठन कमिटीको बैठकले शिवाकोटीलाई उक्त जिम्मेवारीमा चयन गरेको हो । दोलखामा संघ अन्तर्गत एउटा मात्रै निर्वाचन क्षेत्र छ । जसको ईन्चार्जसिपमा रहेर नेतृत्व गर्ने जिम्मा शिवाकोटीले पाएका हुन् ।
प्रदेश संगठन कमिटिको हालै बसेको चौथो पुर्ण बैठकले उनलाई संघिय निर्वाचन क्षेत्र हेर्नेगरी ईन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । दोलखा कालिञ्चोक गाउँपालिका ८ निवासि शिवाकोटी व्यवसायसँगै राजनीतिमा सक्रिय छन् ।
प्रदेश सभा निर्वाचनमा दोलखा २ नम्बर क्षेत्रबाट उम्मेदवारी दिने मनस्थिति बनाएका शिवाकोटी अन्तिम समयमा टिकट गुमाउनुपरेको थियो । लगानी बोर्डका सदस्य समेत रहेका शिवाकोटी सफल उद्यमी हुन् ।
यसैगरी संघिय निर्वाचन क्षेत्र अन्तर्गत रामेछापको ईन्चार्जमा डिल्लीमान तामांग, सिन्धुपाल्चोक १ मा केदार क्षेत्र र २ मा झम्क पराजुली, सिन्धुली १ मा शान्तिमान कार्की र २ मा कौशल कोईराला, चितवन २ मा रामध्वज डल्लाकोटी र ३ मा शारदा कुमाल, काभ्रेपलाञ्चोक १ मा रामहरी सुवेदी र २ मा ईन्द्र बहादुर थिंग,धादिंग १ मा जगन्नाथ नेपाल र २ मा शम्भु श्रेष्ठ चयन भएका छन् ।
यसैगरी रसुवामा छेवांग तेन्जिंग लामा, नुवाकोट १ मा पुष्प लामिछाने र २ मा विन्दा ढंगाना, मकवानपुर १ मा रामचन्द्र राई र २ मा विष्णु विष्ट, भक्तपुर २ मा राजेन्द्र राजथला, ललितपुर १ मा मधुसुदन पौडेल, २ मा कृष्णलाल महर्जन र ३ मा गोविन्द महर्जन, काठमाण्डौँ १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० मा क्रमशः अनिल शर्मा, बुद्धभक्त चित्रकार, शान्ति श्रेष्ठ, उद्धव खरेल, रत्न गुरुंग, रवि गौतम, श्याम कुमार घिमिरे, उमेश स्थापित, केशव पोखरेल र रुपा महर्जनलाई ईन्चार्जको जिम्मेवारी दिईएको छ ।