Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
किवीको व्यवसायिक खेतीले ल्याएको आर्थिक समृद्धि

सिचुवान – नेपालका कृषकहरु पछिल्लो समय किवी खेतीतर्फ आकर्षित छन् । राजधानीका फाइभस्टार होटेलहरुमा विदेशी ब्राण्डको किवी पाईन्छन् । नेपालमा यसको अपेक्षित उत्पादन, प्रशोधन र बजारीकरण भएको भने पाईदैन । नेपालमा राम्रोसँग फस्टाउन नसकेको किवीले चीनको अर्थतन्त्रमा भने राम्रो योगदान पुर्याएको छ । सिचुवान प्रान्तको मिनसान जिल्ला अहिले व्यवसायिक किवी खेतीको हब बन्दै गएको छ ।

 

यहाँ ठूला ठूला किवि फार्म र प्रशोधन केन्द्र संचालनमा छन् । मिसानमा सन् २००० देखि किवीको व्यवसायिक खेती सुरु गरिएको थियो । तर सबै मानिस यो पेशामा संलग्न थिएनन् । मकै लगायतका अन्य अन्नबाली उत्पादन हुने गथ्र्थो ।

सन् २०१३ मा गएको शक्तिशाली भूकम्पले निम्त्याएको संकटलाई यहाँका जनताले अवसरका रुपमा प्रयोग गरे । भूकम्पले जर्जर बनाईदिएको जनजिवन माथि उकास्न यहाँका जनता, चीन सरकार र चीनको गरिवी निवारण कोषले व्यवसायिक किवी खेतीलाई अगाडि बढाउने निर्णय गरियो । व्यक्तिगत र सहकारी संस्थाको माध्यमबाट किवी खेती गर्ने, उत्पादन र प्रशोधन गरी ब्रान्डका रुपमा बजारमा पु¥याउने योजना अघि बढ्यो ।

चीन गरिबी निवारण कोषको सहयोग पछि किवीको व्यवसायिक खेतीले बृहत आकार ग्रहण गर्यो । किवि खेतीसँगै कृषि पर्यटन सँगै जोडियो । गरिबी निवारण कोषले कृषिकलाई किविको वेर्नाको प्रजनन देखि उत्पादित फल बजारसम्म पु¥याउनेसम्म सबै काममा सहयोग गर्छ ।

 

कोषले आर्गानिक किवि खेतीलाई जोड दिएर प्रतिस्पर्धात्मक रणनीति अख्तियार गरेको छ । किटनाशक विषादी प्रयोगमा रोक लगाइएको छ । गुणस्तरिय किवी चीनभरि निर्यात हुने गर्दछ । यहाँ कुल ३ सय ३३ हेक्टर जग्गामा किवीको व्यवसायिक खेती गरिएको छ ।

स्थानीयका अनुसार किवी खेतीपछि प्रतिव्यक्ति आएमा २ हजार युआन बढेको छ । किवीको प्रजनन्, उत्पादन र बजार बिस्तार सहकारी मार्फत गर्ने अवधारणा लागु गरिएको छ । प्रायः सवै स्थानीय सर्वसाधरण सहकारीका सदस्य छन् । सहकारीबाट प्रत्येक सदस्यले प्रतिबर्ष २३ हजार चिनिया युआन आम्दानी गर्ने गर्छन ।

कृषकहरु स्वयंम किवी खेतीसँगै इन्टरनेटको माध्यमबाट बजारको खोजी पनि गर्दछन् । चीनको गरिबी निवारण कोषले इन्टरनेटबाट बजारको खोजी गर्न कृषकलाई तालिम प्रदान गरेको छ । किवीको व्यवसायिक खेतीबाट यहाँका जनता समृद्धिको शिखर तर्फ अघि बढेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update