Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
महिनावारीको दुखाई कम गर्नेदेखि अदुवापानीको यस्ता छन् फाईदा

काठमाण्डौँ - अदुवा हाम्रो शरीरका धेरै फाइदाजनक छ । अदुवा प्राय हामी तरकारीमा मसलाको रूपमा, घाँटी दुखेको समयमा पानी तताएर त्यसमा अदुवा हालेर पनि खाने गर्छौं । अदुवाले विभिन्न रोगलाई पनि निको पार्दछ । अदुवा मात्रै होइन, अदुवापानीलाई नियमित रूपमा सेवन गर्ने हो भने शरीरलाई फाइदैफाइदा मिल्दछ ।

हरेक दिन अदुवापानी पिउनाले पाचन प्रक्रिया राम्रो बन्दछ । साथै पेट पोल्ने समस्याको पनि यसले समाधान गर्दछ । अदुवाको पानीमा हुने जिंक तत्वले शरीरमा सुगरको कन्ट्रोल गर्दछ । त्यसैले डायबिटिजका बिरामीहरूका लागि अदुवापानी उपयोगी हुन्छ । ब्लड सुगरको मात्रा कन्ट्रोल गर्ने अदुवाको विशेषता हो । साथै अदुवापानी नियमित सेवन गर्दा शरीरको तौल बिस्तारै घट्दै जान्छ । त्यसैले मोटोपनले सताएको छ भने अदुवापानीको प्रयोग गर्नु फलदायी हुन्छ ।

महिनावारीको दुखाइलाई कम
एक अध्ययनका अनुसार महिनावारीको समयमा नियमित हल्का तातो अदुवापानी पिउनाले पेट दुखाइ कम गर्दछ । अदुवा पानी पिउनाले शरीरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम मिल्छ र माशंपेशीको दुखाइ कम हुन्छ । अदुवा पानी नियमित पिउनाले मस्तिष्कका कोषहरूमा आराम मिल्छ र टाउको दुख्न कम हुन्छ । नियमित अदुवापानी पिउनाले शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

यसले रगत सफा हुन्छ र रगत र छालाको इन्फेक्सनको खतरा कम हुन्छ । अदुवा पानी पिउनाले शरीरको रोग प्रतिरक्षा क्षमता बढ्छ । यसले रूघाखोकीको खतरा टर्छ । अदुवापानीमा एन्टी ब्याक्टेरियल तत्त्व हुन्छ । यसको पानी पिउनाले खोकीको समस्या हट्छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update