काठमाण्डौँ - कोरोनाको सम्भावित संक्रमणलाई मध्येनजर गर्दै यो वर्षको होली पर्वमा प्रहरीले थप कडाई गर्ने भएको छ । होली पर्वलाई लक्षितगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीले देशभर लागु गर्नेगरी विशेष सुरक्षा बनाएको हो । डिआइजी विश्वराज पोखरेलका अनुसार होली पर्वको विशेष सुरक्षाका लागि करिव २५ सय प्रहरी भीडभाड हुने संभावित स्थानमा परिचालन गर्ने तयारी छ ।
पोखरेलले ‘विश्वभर कोरोनाको संक्रमण फैलिहेकाले नेपालमा पनि यसको संक्रमणलाई रोक्न भीडभाड नगर्न आग्रह गरिएको बताए । त्यसको अवज्ञा गर्ने र जवर्जस्ती रङ, पानी हालेमा पक्राउ गरी अभद्र ब्यावहारमा मुद्दा चलाईने जानकारी पनि उनले दिए । उपत्यकासहित पहाडी जिल्लामा सोमबार र मधेसमा मंगलबार होली पर्व मनाईदैछ ।
गृह मन्त्रालयले विश्वभर फेलिएको कोरोनाको संक्रमण नेपालमा पनि फैलिनसक्ने संभावनालाई ध्यानमा राख्दै होलीमा सांगितिक कार्यकम, भीडभाड नगर्न आग्रह गरेको गरेको छ ।
बालबालिकाको मुद्धा अभिभावकलाई
होलीमा बालबालिकाले जवरजस्ती पानी र लोला छ्याप्ने प्रवृत्ति बढेपछि अभिभावकलाई सचेत गराईएको छ । बालबालिकाले इच्छा विपरीत कसैलाई रङ तथा लोला हानेमा अभिवाभकलाई अभद्र ब्यावहारमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । जवर्जस्ती लोला, रङ हानेको उजुरी आउनासाथ तत्काल घटना स्थलमा पुग्नेगरी तयारी गरिएको छ ।
होलीलाई मर्यादित सुरक्षीत र सभ्य बनाउन प्रहरीले विभिन्न स्थानमा चेक पोइन्ट राखेर निगरानी बढाउनेछ । चाडवाडमा मादक पदार्थ सेवन र तिव्रगतिमा सवारी चलाउनेलाई पनि कारबाही गर्ने प्रहरीले जनाएको छ ।