Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा दुईथरी परीक्षा तालिका सार्वजानिक

दोलखा - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत्र ५ गतेभित्र परिक्षा सक्न निर्देशन दिएपछि दोलखामा दुईथरीका परीक्षा तालिका सार्वजानिक भएको छ । जिल्लाका तीन वटा परीक्षा समिति मध्ये दुईले सरकारको निर्देशन विपरित ९ गते परीक्षा सक्नेगरी परीक्षातालिका सार्ने निर्णय हुन् । 

एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाले ५ गतेभित्र परीक्षा सम्पन्न गर्न कठिन रहेको भन्दै चैत ९ गते परीक्षा सम्पन्न गर्ने निर्णय गरेको छ । कक्षा ८ बाहेक जिल्लाका निजी ताथा सामुदायिक विद्यालयको कक्षा १–९ को परीक्षा सञ्चालन गर्ने ३ ओटा समिति छन् । तीमध्ये जिरी नगरपालिकास्तरीय परीक्षा समितिले भने सरकारको निर्देशन अनुसार फागुन २७ गते सुरु गरेर चैत ५ गते सक्ने तालिका कायम गरेको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ दोलखाका अध्यक्ष हिरा थोकरले सरकारको निर्देशनअनुसार परीक्षा सञ्चालन गर्नुपर्ने बताए । कोरोना भाईरसको सम्भावित संक्रमणलाई ध्यान दिँदै सरकारले चैत्र ५ भित्रै परीक्षा सम्पन्न गर्न निर्देशन दिएको थियो । एकीकृत विद्यालयस्तरीय परीक्षा समितिका अध्यक्ष राम बहादुर शिवाकोटीले भने तयारी नपुगेकोले चैत १ गतेबाट सुरु गर्नेगरी तालिका तय गरिएको बताए ।

एकीकृत विद्यालय स्तरीय परीक्षा समितिले तय गरेको तालिका

 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update