चरिकोट - जवरजस्ती करणीको अभियोग लागेका दोलखा जिरी नगरपालिकाका एक युवकलाई अदालतले दोषी ठहर गरेको छ । दोलखा जिल्ला अदालतले जिरी नगरपालिका वडा नम्बर ४ रातमाटेका शान्तेबीर जिरेललाई एक युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्ष कैद सजायको फैसला गरेको हो ।
जिरेललाई मुलुकी अपराध संहिताको दफा २१९ को ३ (ख) बमोजिम १९ वर्ष कैद र सोही दफा २२२ को २ नं. बमोजिम २ बर्ष कैद सजाय तथा पिडितलाई १ लाख रुपैयाँ क्षतिपुर्ति भराउने फैसला भएको हो । पिडित नाम परिवर्तन १७ (चरिकोट ९६) को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा गरिएको माग दावी अनुसार अदालतले फैसला सुनाएको हो ।
जिल्ला न्यायधिस कवि प्रसाद न्यौपानको ईजलासले मंगलवार उक्त फैसला सुनाएको दोलखा जिल्ला अदालतका सूचना अधिकारी एकरामुल हकले जानकारी दिए । जवरजस्ती करणीमा अदालतले दोषी ठहर गरेका जिरेल जिल्ला कारागार चलान भएका छन् ।