Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्री ओलीको शरिरमा दोस्रो पटक मृगौला प्रत्यारोण सफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक गरिएको मृगौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा आज करिव ४ घन्टाको बीचमा मृगौला प्रत्यारोपण गरिएको हो ।

ओलीको भान्जीले दिएको मृगौला प्रत्यारोपण सफल भएको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको शरीरमा मृगौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको चिकित्सकहरुले बताएका छन् । मृगौला प्रत्यारोपणको विस्तृत बिवरण जानकारी दिन अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।

यसअघि २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । यो प्रत्यारोपण दोस्रो पटक हो । यो सँगै ओलीको शरिरमा अव ४ वटा मृगौला हुनेछन् ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update