Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एकैदिन २२ सय बढेर सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाण्डौँ - सुनको मूल्यमा एकैदिन २ हजार २ सयले बढेर उच्च विन्दुमा पुगेको छ । बुधवार एकदिनमा २२ सयले बढेर सुनको मुल्य ८० हजार ५ सयमा पुगेको पुगेको हो । योसँगै सुनको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि फागुन १२ गते सुनको मूल्यले प्रतितोला ८० हजार ३ सयमा पुगेर नयाँ किर्तिमानि बनाएको थियो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आजका लागि तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भइरहेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यमा उत्तरचढाव आएको छ ।

यसैविच चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कायम छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको सुन बुधबार बढेर प्रतिऔंस १६ सय ४२ अमेरिकी डलरमा पुगेको छ । जानकारहरुले चीनमा फैलिएका कोरोना भाइरसको कारण आर्थिक क्षेत्रमा असर परेकोले यसको प्रभाव अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा देखिएको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update