Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
हिमपातपछि गुलजार पर्यटन
Kalinchok visit-sajhaboli

माघ ७, दोलखा । कालिञ्चोक क्षेत्र आफैमा प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल हो । कालिञ्चोक भगवतीको दर्शन र यहाँको सुन्दरतासँग रमाउन यहाँ वर्षेनी हज्जारौँ पर्यटक भ्रमणमा आउने गर्दछन् । त्यसमाथि हिँउले सुनमा सुगन्ध थपेपछि पर्यटकहरुको ओईरो नलाग्ने कुरै भएन । हिउँ खेल्दै प्राकृतिक सुन्दरतासँग रमाउने पर्यटकको संख्या अधिक छ । कालिञ्चोक, शैलुङ, खरिढुंगा र हनुमन्ते डाँडाहरु हिँउले सेताम्मे बनेपछि पर्यटक आवागमन तिव्र हुन्छ । ती मध्ये पर्यटकको पहिलो रोजाई कालिञ्चोक बन्ने गरेको छ ।

हिँउसँगै कालिञ्चोक भगवतीको दर्शन, रोल्वालिङ र लाङटाङ हिमश्रृङखलाहरुको दृष्यावलोकनको अभुतपुर्व मज्जा लिन पाईने भएपछि पर्यटकहरु कालिञ्चोक नै रोज्ने गर्छन् । सुख्खायामको पुष वा माघमा जब हिमपात हुन्छ, तब पर्यटकहरु सबै ब्यस्तता त्यागेर यहाँको भ्रमणमा निस्कन्छन् ।
हिमपातको सिजनमा नियमित भन्दा दोब्बर÷तेब्बर पर्यटक भित्रिने गरेको व्यवसायीहरु बताउँछन् । कुरी स्थित त्रिपुरा रिसोर्टका सञ्चालक चन्द्र कुमार लामाले हिमपातले पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुगेको बताए । कालिञ्चोक भगवतीको दर्शन त, छँदैछ, त्यसमा पनि हिँउ खेल्दै रमणीय दृष्यावलोकन गर्नेपनि धेरै पर्यटकहरु लालयित भएको पाईयो उनले भने ।

पर्यटकिय केन्द्रमा हिँजोआज हिँउ खेल्नेहरुको दिनहुँ भिडभाड देखिन्छ । दोलखा सदरमुकाम चरिकोट बास वसेका पर्यटकका गाडीहरु दिनहुँ कालिञ्चोक तर्फ लस्कर छुटेका देखिन्छन् । अर्का व्यवसायी हरि वलीले हिँउको सिजनमा भ्रमणमा आउने पर्यटकको संख्या अत्याधिक हुने हुँदा व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको बताउँछन् । पुषको सुरुवातदेखि हालसम्म तीसाँै हजार पर्यटकले केवुलकारमार्फत कालिञ्चोक भ्रमण गरेको कालिञ्चोक दर्शन प्रालिका कार्यकारी निदेशक अशोक शिवाकोटीले जानकारी दिए । हिमपातले पर्यटक आवागमन बढाउन धेरै सहयोग पुगेको उनले बताए । स्थलमार्ग हुँदै मन्दिर पुग्ने र कुरीसम्मको भ्रमण गरी फर्किने पर्यटकहरुको संख्या पनि त्यत्तिकै छ । हिंउ परेपछि दैनिक हज्जाराँैको संख्यामा पर्यटकहरु जिल्ला भित्रिन्छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update