निरीक्षण साप्ताहिकको बिसौँ अंक
बुधबार, फागुन ७, २०७६
समृद्धिको यात्रा रोक्न खोजिएको प्रधानमन्त्री ओलीको गुनासो
बुधबार, फागुन ७, २०७६
७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेको उनले बताए । सरकारले समृद्धिको दिशातर्फको यात्रा थालेको भन्दै उनले केही कामहरु सम्पन्न भएको जानकारी दिए ।
स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित
मंगलबार, फागुन ६, २०७६
सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको बताए ।
बलात्कार प्रयासको मुद्धामा कृष्ण महराले पाए सफाई
मंगलबार, फागुन ६, २०७६
३० दिन प्रहरी हिरासत र १०३ दिन सदरखोरमा थुनिएका उनी उक्त फैसलासँगै रिहा भएका छन्। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले बलात्कार प्रयास पुष्टि हुने आधार नदेखिएको भन्दै अभियोग दाबीबाट सफाइ पाउने फैसला सुनाएको हो।
नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा यसरी विषय छनोट गर्न पाइन्छ
मंगलबार, फागुन ६, २०७६
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलका अनुसार कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन सकिएको छ । महानिर्देशक पौडेलले सबै ऐच्छिक विषयका पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रबाट तयार गर्न सम्भव नभएकाले नयाँ पाठ्यक्रमअनुसार बजारमा आउने पुस्तकलाई नै स्वीकृति दिने बताए ।