मेलुङ गाउँपालिकाको बजेट ५२ करोड ११ लाख : पूर्वाधार र कृषिमा जोड (पूर्णपाठ)
बुधबार, असार १०, २०७७
३ सय वर्ष पुरानो कालिनाथान मन्दिरको पुर्ननिर्माण हुँदै
मंगलबार, असार ९, २०७७
चरिकोट — दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर-८, सुनखानी स्थित कालिनाथान मन्दिरको पुर्ननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
ऐतिहाँसिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कालिनाथान मन्दिरमा २०७२ सालको बिनासकारी भूकम्पले क्षति पुर्याएको थियो । स्थानीयको चन्दा संकलन अभियान र प्रदेश सरकारको सहयोगमा भूकम्प गएको ४ बर्षपछि पुर्ननिर्माण कार्यले गति लिएको...
दोलखामा नेगेटिभ, सिन्धुपाल्चोक पुग्दा कसरी भयो कोरोना संक्रमण ?
शनिबार, असार ६, २०७७
चरिकोट – दोलखादेखि गृहजिल्ला सिन्धुपाल्चोक फर्किएका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको ट्राभल हिष्ट्रि खोजी भएको छ । उनीहरु दोलखाको उत्तरी गौरीशंकर गाउँपालिका स्थित खानीखोला जलविद्युत आयोजनामा कार्यरत कामदार हुन् । त्यहाँ कार्यरत ५२ जना कामदारहरुको गत जेठ महिनामै पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।
दोलखाबाट सिन्धुपाल्चोक फर्किएका ७ जनामा देखियो कोरोना संक्रमण
शुक्रबार, असार ५, २०७७
चौतारा - सिन्धुपाल्चोकमा फेला परेका थप १८ जना कोरोना संक्रमित मध्ये पाँच जना दोलखाबाट गएको पाईएको छ । फर्किएका दुई जनामा यसअघि नै संक्रमण पुष्टि भैसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिन्धुपाल्चोकका १८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । जसमा सिन्धुपाल्चोक घर भई दोलखाको जलविद्युत आयोजनामा...
सरकारले घटायो विद्युत महसुल (हेर्नुस् नयाँ महसुल दर)
बुधबार, असार ३, २०७७
काठमाडौं - विद्युत नियमन आयोगले विद्युत महसुल घटाएको छ । ५ एम्पियर लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको हो । आयोगका अनुसार उनीहरुलाई विजुली भने निःशुल्क दिइनेछ । यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको...
शहीदलाई सम्झेर पेरिसडाँडामा नेकपा नेता यसरी भक्कानिए (भिडियो)
बुधबार, असार ३, २०७७
केही नेता कार्यकर्ताहरुको भने सायद मन मानेन । उनीहरु श्रद्धाञ्जलीका लागि काठमाण्डौं पेरिसडाँडा स्थित नेकपा केन्द्रिय कार्यालयमै भेला भए । शहीद स्तम्भ अगाडी राखिएको शहीदको फोटोमा श्रद्धाञ्जली अर्पण गरेपछि केही नेताहरु बोले । त्यसमध्येमा एकजना थिए, वाग्मती प्रदेशका नेता शंकर लामा । बोल्दाबोल्दै उनी यसरी भक्कानिए, उनको गला नै अबरुद्ध...
यी हुन्, केन्द्रिय बजेटमा समेटिएका दोलखाका ठुला पूर्वाधार आयोजना
शुक्रबार, जेठ ३०, २०७७
चरिकोट - सरकारले नयाँ आर्थिक वर्ष दोलखाका महत्वपूर्ण मानिएका ठुला विकासे आयोजनाहरु कार्यान्वयन अघि बढाउने भएको छ । सरकारले नयाँ आर्थिक वर्ष २०७७। ७८ का लागि ल्याएको बजेटमा ठुला विकासे योजनाहरु समेटिएका हुन् । जसअनुसार नयाँ आर्थिक वर्ष उत्तर दक्षिण राष्ट्रिय राजमार्गको तामाकोशी कोरिडर अन्तर्गत लामाबगर – लाप्ची सडक खण्डमा...
दोलखा डेरीबाट मापदण्डबिपरित दुग्धजन्य पदार्थ बिक्रीबितरण
बिहीबार, जेठ २९, २०७७
चरिकोट - दोलखा सदरमुकाम चरिकोट नजिकै चोथाङमा संचालित डेरीमा म्याद गुज्रिएका दुध तथा दुधजन्य बस्तु बिक्रिबितरण गरेको पाईएको छ । घरेलु तथा साना उद्योग कार्यालयले बिहिवार गरेको अनुगमनका क्रममा डेरीमा गुणस्तरहिन खाद्यबस्तु बिक्रिवितरण गरेको भेटिएको हो । उक्त डेरी दुग्ध विकास संस्थान (डिडिसी) को स्वामित्वमा संचालन हुँदै आएको छ ।
कालिञ्चोक गाउँपालिकामा अनलाईनबाटै व्यक्तिगत घट्ना दर्ता
बिहीबार, जेठ २९, २०७७
चरिकोट – कालिञ्चोक गाउँपालिकाले अनलाईन प्रणालीबाट व्यक्तिगत घट्ना दर्ता सुरु गरेको छ । सेवाग्राहीको सहजता, अभिलेखको दिगोपना र सुरक्षालाई मध्येनजर गर्दै गाउँपालिकाले व्यक्तिगत घट्ना अनलाईनबाटै दर्ता गर्न सकिने व्यवस्था मिलाएको हो । यसअघि जन्म, मृत्यु, विबाह, वसाईसराई, सम्बन्धविच्छेदका घट्नाको फाराम भर्न सेवाग्राही कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । सर्बसाधरणले अब अनलाईनमा...