Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा भीआईपीहरुको लर्को, दुई पुर्वप्रधानमन्त्री आए, बहालवाला प्रधानमन्त्री आउँदै  
दोलखामा भीआईपीहरुको लर्को, दुई पुर्वप्रधानमन्त्री आए, बहालवाला प्रधानमन्त्री आउँदै   चरिकोट । दोलखामा भीआईपीहरु आउने क्रम बढेको छ । एकै साता दुई जना पूर्वप्रधानमन्त्रीहरु दोलखा आईसकेका छन् भने पुषको दोस्रो साता बहालवाला प्रधानमन्त्री आउने कार्यक्रम तय भैसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी पुष १३ गते दोलखा सदरमुकाम चरिकोट आउने कार्यक्रम छ ।
समृद्धिको नारा गिज्याईरहेको खरीढुंगा म्याग्नेसाईट उद्योग (फोटोफिचर)
समृद्धिको नारा गिज्याईरहेको खरीढुंगा म्याग्नेसाईट उद्योग (फोटोफिचर) चरिकोट । राजनीतिक दलहरुले समृद्धि र समाजवादको चर्को नारा लगाईरहँदा नेपालमा संचालित धेरै उद्योग कलकारखानाको अबस्था दयनीय छ । त्यसमा पनि नेपाल सरकारको लगानी रहेको उद्योगधन्दाहरु झनै बेवारिसे छन् । त्यसैको एउटा उदाहरण हो, दोलखाको खरिढुंगा म्याग्नेसाईट उद्योग । काठमाडौंबाट १०९ किलोमिटर दुरीको यात्रा गरेर दोलखा प्रबेश गरेपछि सडक छेउमा...
अपर तामाकोशीको १ करोड ७० लाख कित्ता सेयर लिलाम बिक्री गर्ने तयारी
अपर तामाकोशीको १ करोड ७० लाख कित्ता सेयर लिलाम बिक्री गर्ने तयारी काठमाडौं । अपर तामाकोशी हाईडो पावर कम्पनी लिमिटेडले अविपरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता सेयर लिलाम गर्ने छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण भएको दोलखा जिल्लाबासीमा उत्साह नदेखिँदा सबै हकप्रद सेयर...
अपर तामाकोशीको हकप्रद सेयर बाँडफाँड
अपर तामाकोशीको हकप्रद सेयर बाँडफाँड काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर बाँडफाँड गरेको छ । ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद सेयरको बाँडफाँड भएको हो । नागरिक लगानी कोषको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा तथा सन्राईज क्यापिटल लिमिटेडको सह निष्कासन तथा बिक्री प्रबन्धकत्वमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको एक शेयर बराबर एक...
दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात सुरु
दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात सुरु चरिकोट । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै पहिलो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको स्थानीय होटल व्यवसायीहरुले जानकारी दिएका छन् ।
यस्तो देखियो दोलखामा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ (फोटोफिचर)
यस्तो देखियो दोलखामा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ (फोटोफिचर) चरिकोट । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ मा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले दोलखामा झण्डै सात घण्टा बिताएको छ । बिहान ११ बजे नै दोलखा प्रबेश गर्ने पूर्व निर्धारित कार्यक्रम रहेपनि उक्त टोली ढिलोगरी सिन्धुपाल्चोकको सिमा पार गरी दोलखा भित्रियो ।
एमाले अध्यक्ष ओलीलाई सिन्धुपाल्चोकमा माओवादी नेताहरुको स्वागत
एमाले अध्यक्ष ओलीलाई सिन्धुपाल्चोकमा माओवादी नेताहरुको स्वागत चौतारा । नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रका नेताहरुले सिन्धुपाल्चोकमा स्वागत गरेका छन् । माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्री (पौडेल) लगायतका नेताहरुले एमाले अध्यक्ष ओलीलाई स्वागत गरेका हुन् । 
‘समृद्धिका लागि संकल्प यात्रा’ दोलखा आईपुग्दै, जिल्लाको विकासे एजेण्डा उठाउने एमालेको तयारी
‘समृद्धिका लागि संकल्प यात्रा’ दोलखा आईपुग्दै, जिल्लाको विकासे एजेण्डा उठाउने एमालेको तयारी दोलखा । नेकपा एमालेले सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ भोली (सोमवार) दोलखा आईपुग्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’सोमवार दोलखा आईपुग्ने छ । 
जिल्ला सहकारी संघ दोलखाको अध्यक्षमा शर्मा चयन
जिल्ला सहकारी संघ दोलखाको अध्यक्षमा शर्मा चयन दोलखा । जिल्ला सहकारी संघ लिमिटेड दोलखाको १८ औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । सदरमुकाम चरिकोटमा सम्पन्न साधारणसभाले संघको अध्यक्षमा देवी प्रसाद शर्मालाई चयन गरेको छ । यस्तै साधारण सभाले वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, महिला उपाध्यक्षमा सरुणा बस्नेत, महासचिवमा दिलबहादुर केसी र कोषाध्यक्षमा नविन कुमार खतिवडालाई...
Weather Update