साँढे तीन महिनापछि खुल्यो प्रसिद्ध भीमेश्वर मन्दिर
शनिबार, साउन ३, २०७७
आर्थिक वर्ष २०७६/७७ मा दोलखामा साँढे ८ अर्ब खर्च, पुँजीगत खर्च २ अर्ब ३३ करोड
शुक्रबार, साउन २, २०७७
चरिकोट — दोलखामा गएको आर्थिक वर्ष २०७६/७७ मा साँढे ८ अर्ब बरावर खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु र पुँजीगत गरी जिल्लामा कुल ८ अर्ब ५६ करोड ४ लाख ८८ हजार ७ सय ५ रुपैयाँ बरावर खर्च भएको हो ।
सामाजिक विकास मन्त्रालयको प्रगति ८५ प्रतिशत, नयाँ आवमा ९० प्रतिशतको लक्ष्य
बिहीबार, साउन १, २०७७
हेटौंडा — वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा झण्डै ८५ प्रतिशत प्रगति हाँसिल गर्न सफल भएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा ६६.६३ प्रतिशत वित्तीय प्रगति र ८५ प्रतिशत भौतिक प्रगति हाँसिल गर्न सफल भएको हो ।
यस्तो छ, मायालु तिमी भाग-२ (हुर्नुस् म्युजिक भिडियो)
बिहीबार, साउन १, २०७७
काठमाण्डौं —गायिका स्मिता दाहालको मायालु तिमी भाग २ बिहिवार रिलिज भएको छ । गजब टिभि नामक युट्यव च्यानलबाट उक्त म्यूजिक भिडियो सार्बजानिक गरिएको हो । मायालु तिमी भाग २ रिलिज भएपछि गायिका स्मिता दाहालले नयाँ गितका लागि पनि धेरै मिहिनेत गरेको भन्दै भाग १ लाई जस्तै माया गर्न दर्शकहरुलाई आग्रह...
दोलखाको हलेश्वर र दुर्गा मावि नमुना विद्यालयका लागि छनौट
बिहीबार, साउन १, २०७७
चरिकोट - दोलखाका दुई मावि नमुना विद्यालयका लागि छनौटमा परेका छन् । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले दोलखाको दुई विद्यालयलाई पनि नमुना विद्यालयको रुपमा स्तरोन्नती गर्न छनौट गरेको हो ।
सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जना बेपत्ता
बिहीबार, साउन १, २०७७
चौतारा - सिन्धुपाल्चोकमा फेरी पहिरो जाँदा एकै परिवारका जना बेपत्ता भएका छन् । जिल्लाकोे भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा दुईवटा घर पुरिँदा पाँच जना महिला बेपत्ता भएका हुन् ।
अनलाईन कक्षा बन्द गर्ने निजी विद्यालय संचालकहरुको घोषणा
बुधबार, असार ३१, २०७७
काठमाडौँ — निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । प्याब्सन, एनप्याब्सनले बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने निर्णय गरेका हुन् ।
दोलखा र सिन्धुपाल्चोकका पशुपालक कृषकलाई डेढ करोड बढि अनुदान
बुधबार, असार ३१, २०७७
चरिकोट- दोलखा र सिन्धुपाल्चोकको पशुपालक कृषकले डेढ करोड भन्दा बढि अनुदान पाएका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले दुई जिल्लाका पशुपालक कृषकलाई उक्त अनुदान दिएको हो । दुई जिल्लाका ९९ कृषि फार्म, समुह र सहकारीहरुले १ करोड ६३ लाख ५६ हजार...
राजेश हमालले भने - सकारात्मक भएर दीपालाई माफि दिनुहोला !
बुधबार, असार ३१, २०७७
कामाण्डौं - नायक राजेश हमालले कलाकार दीपाश्री निरौलाले आफ्नाबारे दिएको अभिव्यक्तिबारे मुख खोलेका छन् । उनले निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका हुन् । गएराती भिडियो हमालले राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिन भनेका छन् ।
मेलम्चीको सुरुङमा छाडिएको पानीमा दुई जना बेपत्ता, २ जनाको उद्धार
मंगलबार, असार ३०, २०७७
काठमाडौं - मेलम्ची खानेपानी आयोजनामा कार्यरत दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा आयोजनाका एक जना इन्जिनियर र चालक रहेका छन् । सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनका अनुसार उनीहरु हेलम्बु गाउँपालिका १ स्थित सुरुङमा छाडिएको पानीमा बगेर बेपत्ता भएका हुन् ।
दोलखा वराङका एक दम्पती सम्पर्कबिहिन, खोलाले बगाएको आशंका
मंगलबार, असार ३०, २०७७
चरिकोट — दोलखाको विगु गाउँपालिकामा एक दम्पी सोमवारदेखि सम्पर्कबिहिन भएका छन् । विगु गाउँपालिका वडा नम्बर २ वराङ टाईवाका अन्दाजी ६५ वर्षिय राम्जी विक र उनकी ६० वर्षिया श्रीमती बुद्धिमाया विक बेपत्ता भएका हुन् ।
संखुवासभामा पहिरोले घर बगाउँदा ११ जना बेपत्ता
आइतबार, असार २८, २०७७
संखुवासभा — संखुवासभामा पहिरोले ८ घर वगाउँदा ११ जना बेपत्ता भएका छन् । जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोला स्थित ८ घर बगाउँदा उनीहरु बेपत्ता भएका हुन् । पहिरोमा परेका ४ जनाको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
एकैपटक १० जना मृगौला पिडितहरुलाई आर्थिक सहयोग
शनिबार, असार २७, २०७७
काठमाण्डौं — नेपालको बिभिन्न जिल्लाका १० जना मृगौला पिडितहरुले एकैसाथ आर्थिक सहयोग प्राप्त गरेका छन् । समाजसेवी तथा प्रेम पूर्ण प्रताप फाउण्डेशन नेपालकी संरक्षक (हाल अमेरिका) पदमा प्रधान, योनेश थापा र एलिसा थापाको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको हो ।