कालिञ्चोकका कोरोना संक्रमितको ट्राभल हिष्ट्री : एउटै बसमा ४ गाउँपालिकाका ४४ जनाको यात्रा
शुक्रबार, साउन ३०, २०७७
सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरिए, पाँच परिवारका सदस्य बेपत्ता
शुक्रबार, साउन ३०, २०७७
चौतारा - सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा पहिरोले १३ घर पुरिँदा सदस्यहरु बेपत्ता भएका छन् । शुक्रबार बिहान करिब ६ बजेको समयमा पहिरोले १३ घर पुरिँदा ५ घरपरिवारका सदस्यहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिकामा पनि कोरोना संक्रमित भेटिए
बिहीबार, साउन २९, २०७७
चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिकाका एक जना व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
हाईड्रोपावरमा गम्भिर घाईते मजदुरको हेलिकोप्टर मार्फत उद्धार
बिहीबार, साउन २९, २०७७
चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिका स्थित हाईड्रोपावरमा कार्यरत एक मजदुर ढुंगा लागेर गम्भिर घाईते भएका छन् । वडा नम्बर ७ मार्बु स्थित सासा हाईडोपावरको टनेलभित्र व्लाष्टिङको काम गर्ने २६ वर्षिय चन्द्र बहादुर तामाङ घाईते भएका हुन् ।
५५ शैयाको दोलखा अस्पतालले सुरु गर्यो सम्पूर्ण सेवा
सोमबार, साउन २६, २०७७
दोलखा—धुलिखेल अस्पताल अन्तर्गत दोलखावजारस्थित दोलखा अस्पतालले सम्पूर्ण उपचार सेवा सुरु गरेको छ । काठमाडौं विश्वविद्यालयको गुणस्तरीय स्वास्थ्य सेवा जनताको घर दैलोमा भन्ने नाराका साथ धुलिखेल अस्पतालद्धारा दोलखा बजारमा ५५ शैया क्षेमताको दोलखा अस्पताल सञ्चालन सुरु गरेको हो ।
मृगौला पीडितका लागि जुट्यो आर्थिक सहयोग
सोमबार, साउन २६, २०७७
चरिकोट - दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर २ झुलेका मृगौला पीडितका लागि आर्थिक सहयोग जुटेको छ । मृगौला पीडित तामाकोसी गाउँपाकिा २ झुले, निवासी ४९ वर्षिय केदार कार्की र २६ वर्षिया संगिता कार्कीका लागि आर्थिक सहयोग जुटेको हो ।
नेपाल थामी समाज रामेछापमा नयाँ नेतृत्व
आइतबार, साउन २५, २०७७
दोरोम्बा - नेपाल थामी समाज रामेछापको तेस्रो जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाको दोरम्बामा शनिवार सम्पन्न भएको अधिवेशनले भक्त बहादुर थामीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
एसईईको नतिजा प्रकाशित हुन अझै समय लाग्ने
बिहीबार, साउन २२, २०७७
काठमाडौँ — यो वर्ष एसईईको परीक्षाफल प्रकाशित हुन अझै समय लाग्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने भएको हो ।
दोलखाको बैतेश्वर घर भएकी महिला प्रहरीमा कोरोना संक्रमण
बुधबार, साउन २१, २०७७
चरिकोट – दोलखाको बैत्यश्वर गाउँपालिका घर भएकी एक महिला प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैत्यश्वर गाउँपालिका वडा नम्बर ७ की २४ वर्षिया महिला प्रहरीमा कोरोना पुष्टि भएको हो ।
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा पुरिएर ८ जना बेपत्ता
सोमबार, साउन १९, २०७७
चौतारा — सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८ जना बेपत्ता भएका छन् । निर्माणाधीन कभर्ड हल पहिरोले पुरिँदा ७ जना नेपाली र एक भारतीय नागरिक बेपत्ता भएका हुन् ।
ठुला संस्थाहरुमा बढेको बेथिति अन्त्य गर्न मन्त्री गुरुङको हस्तक्षेप
शनिबार, साउन १७, २०७७
काठमाण्डौं—भ्रष्टाचार, अनियमितता लगायतका बेथिति बढेका ठुला संघ—संस्थाहरुमा सरकारले हस्तक्षेप बढाएको छ । सरकारले त्यस्ता संस्थामा व्याप्त बेथिति अन्त्यका लागि छानविन र त्यसमा संलग्नमाथि कारबाही प्रक्रिया समेत अघि बढाएको हो ।
नेकपाभित्र विचार र बिधि स्थापित गर्न बहस भैरहेको छ : अध्यक्ष प्रचण्ड
शनिबार, साउन १७, २०७७
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको स्पष्ट पारेका छन् । नेकपाभित्र बिवाद नभई बहस चलिरहेको भन्दै उनले त्यसलाई पद प्राप्तिका लागि भनेर गलत प्रचार गर्नु बिडम्वना भएको गुनासो गरे ।
लोकप्रिय गीत (लस्स लस्स) को म्यूजिक भिडियो सार्वजानिक (हेर्नुस् भिडियो)
शुक्रबार, साउन १६, २०७७
काठमाण्डौं — नेपाली सांगितिक आकासमा उदाउँदै गरेका गायक रमण थामीको स्वरमा सजिएको लस्स लस्स वोलको म्यूजिक भिडियो रिलिज भएको छ । भिमफेदी गाईज युट्यव च्यानलबाट शुक्रवार उक्त म्यूजिक भिडियो सार्बजानिक गरिएको हो ।