जिल्ला समन्वय समिति दोलखा स्थानीय तहको कार्यसम्पादन अनुगमनमा सक्रिय
बुधबार, असोज २८, २०७७
भिमेश्वर नगरपालिका १ का कार्यालय सहयोगीको शंकास्पद मृत्यु
बुधबार, असोज २८, २०७७
चरिकोट – दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर १ का कार्यालय सहयोगीको शंकास्पद मृत्यु भएको छ । वडा कार्यालयमा काम गर्दै आएका ३५ वर्षिय गोपी थामीलार्ई बुधवार विहान मृत अवस्थामा फेला पारिएको हो ।
नेकपा नेतृ देवी खड्कालाई पनि कोरोना पोजेटिभ
मंगलबार, असोज २७, २०७७
चरिकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य एवं पुर्वराज्यमन्त्री देवी खड्कालाई कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यही असोज २५ गते नेतृ खड्काको स्वाब जिल्लामै संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।
सार्वजानिक यातायातलाई फुलसिट यात्रु बोक्न दिने सरकारको निर्णय
सोमबार, असोज २६, २०७७
काठमाडौं - सार्वजनिक सवारी साधनले सबै सिटमा यात्रु चढाउन पाउने भएका छन् । सरकारले आधा सिट क्षमतामा मात्रै यात्रु चढाउन पाउने पुरानो निर्णय परिमार्जन गर्दै फुल सिट चढाउन पाउने नयाँ निर्णय गरेको हो ।
बैतेश्वर जग्गा प्रकरण : अपचलन भएको नेकपाको ठहर, संलग्न नेता र जनप्रतिनिधिलाई कारबाहीको निर्णय
आइतबार, असोज २५, २०७७
चरिकोट - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले बैतेश्वर गाउँपालिकाको जग्गा अपचलन भएको ठहर गर्दै त्यसमा संलग्न नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ ।
विपदका बेला वेलायतका नेपालीहरुबाट अक्सिजन उपकरण सहयोग
शनिबार, असोज २४, २०७७
चरिकोट - जिल्लामा कोरोना (कोभिड १९) को जोखिम बढ्दै गएका बेला वेलायतमा बस्ने नेताहरुले सहयोग स्वरुप अक्सिजन उपलव्ध गराएका छन् । कालिञ्चोक गाउँपालिका भई हाल वेलायत बस्दै आएका लक्ष्मण चिमोरियाको पहलमा खरिद गरिएको उक्त अक्सिजन शनिवार जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
कोरोना कहर : संक्रमितको मृत्युपछि न घाट, न संस्कार !
शनिबार, असोज २४, २०७७
चरिकोट — हिन्दु परम्परा अनुसार कोही व्यक्तिले देह त्याग गरेपछि शवलाई नदी किनार लगिन्छ । समाधि बनाईन्छ, बिधिपुर्वक छोराले दागबत्ती दिएपछि जलाएर अस्तु सेलाईन्छ । त्यसपछि छोराहरु कपाल मुण्डन गर्दछन्, किरियापुत्री बस्ने र बरखी बार्ने गर्दछन् ।
दोलखाका सांसद विशाल खड्कालाई कोरोना संक्रमण
शुक्रबार, असोज २३, २०७७
चरिकोट - वाग्मती प्रदेशसभामा दोलखाबाट प्रतिनिधित्व गर्ने सांसद विशाल खड्कालाई कोरोना संक्रमण देखिएको छ । दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद खड्कालाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको हो ।
दोलखामा कोरोना संक्रमितको पहिलो मृत्यु, चरिकोटमा मृत्यु भएकी महिलामा संक्रमण पुष्टि
शुक्रबार, असोज २३, २०७७
चरिकोट - दोलखा सदरमुकाम चरिकोटमा मृत्यु भएकी एक बृद्धामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएकी बैतेश्वर गाउँपालिकाकी ८१ वर्षिया बृद्धामा कोरोना पुष्टि भएको हो ।
सबै किसिमका परीक्षा संचालन गर्न सरकारले दियो अनुमति
बुधबार, असोज २१, २०७७
काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने भएको छ ।
दोलखाको तामाकोसी र विगुमा दुई जना कोरोना संक्रमित थपिए
मंगलबार, असोज २०, २०७७
चरिकोट – दोलखामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको तामाकोसी गाउँपालिका र विगु गाउँपालिकाका एक÷एक जना व्यक्तिमा संक्रमण देखिएको हो ।
चन्द्र थामी र सिर्जना थामीको ‘तिम्रो रुपैले’ लोकप्रिय बन्दै (हुर्नुस् म्यूजिक भिडियो)
सोमबार, असोज १९, २०७७
काठमाण्डौं - नेपालीहरुको महान पर्व बडादशैं र तिहारको पुर्वसन्ध्यामा नयाँ लोक दोहोरी गीत तिम्रो रुपैले बजारमा आएको छ । हालै रिलिज भएको उक्त गीतमा हरि डिसीको शब्द र चन्द्र थामीले संगित भरेका छन् । यस्तै चर्चित गायक राजु परियार र सिर्जना मगर (थामी) ले स्वर दिएका छन् ।
विषम परिस्थितिको दुख र पिडा बिर्साउने दशैंतिहार गीत सार्बजानिक (म्यूजिक भिडियोसहित)
सोमबार, असोज १९, २०७७
काठमाण्डौं - नेपालीहरुको महान पर्व बडादशैं र तिहारको विषय समेटिएको दशैंपछि तिहार आउनी वोलको गीत बजारमा आएको छ । उद्धव घिमिरेको शब्द/संगित रहेको उक्त गीतमा गायक रामकृष्ण थापा र गायिका सवनम आचार्यले स्वर दिएका छन् ।