शुक्रवारदेखि दोलखा महोत्सव, यस्ता छन् आकर्षण
शुक्रबार, पुस १३, २०८०
वाईसियल दोलखाको नेतृत्व परिबर्तन, संयोजकमा लामा चयन
बिहीबार, पुस १२, २०८०
चरिकोट । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसियल) दोलखाको जिल्ला भेलाले नेतृत्व परिबर्तन गरेको छ । सदरमुकाम चरिकोटमा आज सम्पन्न भेलाले विनोद लामाको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला समिति चयन गरेको हो । भेलाले सचिवमा दिपेन्द्र बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ ।
दोलखाको झ्याँकुमा शिक्षकमाथि कुटपिट
बुधबार, पुस ११, २०८०
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकामा शिक्षकमाथि कुटपिट भएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ४ स्थित गार्पाङ आधारभुत विद्यालयका शिक्षक पेमछिरिङ शेर्पामाथि कुटपिट भएको हो । सोही विद्यालयमा कक्षा ६, मा अध्ययनरत एक छात्रासँगको नाजायज सम्बन्धको आरोपमा उनीमाथि कुटपिट भएको स्थानीयले जानकारी दिएका छन् ।
स्तरीय प्रश्नपत्र निर्माण गर्न मेलुङ गाउँपालिकामा शिक्षकलाई तालिम
बुधबार, पुस ११, २०८०
चरिकोट । दोलखाको मेलुङ गाउँपालिकाले प्रभावकारी र गुणस्तरिय प्रश्नपत्र निर्माण गर्न शिक्षकहरुलाई तालिम प्रदान गरेको छ । विद्यार्थीको अध्ययन क्षमताको सही मुल्यांकन गर्ने आधार स्तरीय प्रश्नपत्र भएकोले शिक्षकहरुलाई त्यसबारे तालिम दिईएको गाउँपालिकाले जनाएको छ ।
सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि यातना, श्रीमानसहित सात जना पक्राउ
मंगलबार, पुस १०, २०८०
काठमाडौं । ‘डिभोर्स’को विषयलाई लिएर सिन्धुलीमा एक महिलालाई अमानवीय यातना दिने सात जना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–४ का सन्तोष थापाले श्रीमती शारदा थापालाई बिजुलीको पोलमा बाँधेर कुटपिटसहित यातना दिएका थिए । यातना दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले महिलाको उद्धार गरी श्रीमानसहित सात जनालाई पक्राउ...
कालिञ्चोक गाउँपालिकामा धारिलो हतियार प्रहारबाट एक युवक गम्भिर घाईते
मंगलबार, पुस १०, २०८०
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकामा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर–१ का २२ वर्षीय भगीन थामी धारिलो हतियार प्रहारबाट गम्भिर घाईते भएका छन् । स्थानीयका अनुसार उनलाई सोही गाउँपालिका वडा नम्बर–३ का युवक कुुसल नेपालीले चक्कु प्रहार गरेका हुन् ।
बैतेश्वर गाउँपालिकामा जात्रा हेर्न गएका पुरुषको मृत्यु
मंगलबार, पुस १०, २०८०
चरिकोट । दोलखाको बैतेश्वर गाउँपालिकामा मन्दिरमा लागेको मेला ९जात्रा० हेर्न गएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका वडा नम्बर–४ काब्रेका ४८ वर्षीय निपन दाहाल रहेका छन् । मैनापोखरी बजारस्थित उधौली पर्वको अवसरमा लागेको जात्रा भर्न स्थानीय सेतीजलदेवी मन्दिरमा जात्रा हेर्न गएका उनको मृत्यु भएको हो...
शैलुङ गाउँपालिकामा मोटरसाईकल दुर्घट्ना हुँदा १ जना गम्भिर घाईते
आइतबार, पुस ८, २०८०
चरिकोट । दोलखाको शैलुङ गाउँपालिकामा मोटरसाईकल दुर्घट्ना हुँदा एकजना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा शैलुङ गाउँपालिका वडा नम्बर ३ का कमल श्रेष्ठ रहेका छन् । बाघखोर बजारबाट भैसेतर्फ जाँदै गरेको वा.प्र. ०२–०२१ प् ८८१८ नम्बरको मोटरसाईकल दुर्घट्ना भएको हो ।
थामी समुदायको मौलिक संस्कृति जोगाउने भाव बोकेको गीत सार्बजनिक (हेर्नुस् भिडियो)
शनिबार, पुस ७, २०८०
काठमाडौं । अल्पसंख्यक थामी जातिको मौलिक संस्कृति संरक्षणको भाव बोकेको गीत ‘सेवा ज्यू सेवा’ रिलिज भएको छ । थामी समुदायका कलाकारहरुले मौलिक भाषा, संस्कृति, भेषभुषा, जोेगाउन आव्हान गरिएको गीत शनिवार युट्यूवमा रिलिज भएको हो ।
रामेछापमा विद्यालयबाट घर फर्कदै गरेकी किशोरी बलात्कृत, २२ वार्षिय युवक पक्राउ
बिहीबार, पुस ५, २०८०
मन्थली । रामेछापको लिखु-तामाकोशी गाउँपालिकामा १७ वर्षीया किशोरी बलात्कारको शिकार भएकी छन् । विद्यालयबाट घर फर्कँदै गरेकी लिखु तामाकोशी–६ खिम्तीकी किशोरी बलाकृत भएकी हुन् ।
अपर तामाकोशीको १ करोड ७० लाख कित्ता सेयर पुष १३ देखि लिलाम बिक्रीमा
बिहीबार, पुस ५, २०८०
काठमाडौं । हकप्रदमा नबिकेको माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर पुष १३ गतेदेखि लिलाम बिक्री खुल्ला हुने भएको छ । अपरको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा राख्न लागिएको हो ।
माल्टा पठाईदिन्छु भन्दै ठगी, रामेछापका युवक पक्राउ
आइतबार, पुस १, २०८०
काठमाडौं । वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा रामेछापका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का २६ वर्षीय पोसाक सुनुवार छन् ।
दोलखा सुस्पाक्षमावतीका किशोर मृत अबस्थामा फेला
आइतबार, पुस १, २०८०
दोलखा । दोलखा जिल्ला सुस्पाक्षमावतीका एक किशोर मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्ब १ सुस्पाक्षमावती पानीघाटका १४ वर्षीय अविरल उप्रेती रहेका छन् ।