Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मानन्धर संचारमन्त्रीको प्रेस सल्लाहाकारमा नियुक्त
मानन्धर संचारमन्त्रीको प्रेस सल्लाहाकारमा नियुक्त चरिकोट - अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ दोलखा शाखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धर संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रेस सल्लाहाकारमा नियुक्त भएका छन् ।
दोलखामा वालविवाह गरेका एक जोडीलाई आ–आफ्नै घर फिर्ता पठाईयो
दोलखामा वालविवाह गरेका एक जोडीलाई आ–आफ्नै घर फिर्ता पठाईयो चरिकोट — दोलखामा विवाह बन्धनमा बाँधिएका एक जोडीलाई प्रहरीले आ–आफ्नै घरमा फिर्ता पठाएको छ । यही मंसिर महिनामा विवाह गरेका १८ वर्षिय वालक र १७ वर्षिय वालिकालाई आ—आफ्नै अभिभावकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
अस्पताल निर्माणका लागि प्रत्येक स्थानीय तहलाई जग्गा उपलब्ध गराउने सरकारको निर्णय
अस्पताल निर्माणका लागि प्रत्येक स्थानीय तहलाई जग्गा उपलब्ध गराउने सरकारको निर्णय काठमाण्डौं - सरकारले प्रत्येक स्थानीय तहमा निर्माण हुने अस्पताललाई जग्गा प्रदान गर्ने निर्णय गरेको छ । ५ देखि १५ शैयाका अस्पताल निर्माण गर्न आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय भएको हो ।
दोलखाका होटल व्यवसायमा आर्थिक संकट : सहज वातावरण बनाउन ध्यानाकर्षण
दोलखाका होटल व्यवसायमा आर्थिक संकट : सहज वातावरण बनाउन ध्यानाकर्षण चरिकोट — कोरोना महामारीका कारण व्यवसाय चौपट भएपछि दोलखाका होटल व्यवसायीहरु सहजीकरणका लागि स्थानीय प्रशासनको ढोका ढक्ढकाउन पुगेका छन् । कोरोना त्रासका कारण जिल्लामा पर्यटकहरुको आवागमन ठप्प भएसँगै व्यवसाय संकटमा परेपछि सहज वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराईएको हो ।
कालिञ्चोक गाउँपालिकामा भालुको आक्रमणबाट एक पुरुष गम्भिर घाईते
कालिञ्चोक गाउँपालिकामा भालुको आक्रमणबाट एक पुरुष गम्भिर घाईते चरिकोट - दोलखा कालिञ्चोक गाउँपालिकामा भालुको आक्रमणबाट एक जना पुरुष गम्भिर घाईते भएका छन् । घाईते हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ का ६० वर्षिय टहल बहादुर थामी रहेका छन् ।
नेपाल सम्वत् : दोलखामा पनि राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्झना गरिँदै
नेपाल सम्वत् : दोलखामा पनि राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्झना गरिँदै चरिकोट - दोलखा सदरमुकाम चरिकोट स्थित शंखधर चोकलाई थप व्यवस्थित बनाईने भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः निर्माण समितिले चरिकोट बजारको भालुखोला क्षेत्रलाई व्यवस्थित गरी शंखधर चोकको रुपमा विकास गर्ने योजना बनाएको हो ।
फुटबलका युवा रेफ्रि कार्कीको परिवारलाई आर्थिक सहयोग
फुटबलका युवा रेफ्रि कार्कीको परिवारलाई आर्थिक सहयोग चरिकोट - नेपाली फुटबलको राष्ट्रिय युवा रेफ्रि हरिष कार्कीको परिवारलाई दोलखा जिल्ला फुटवल संघले संकलन गरेको सहयोग रकम प्रदान गरिएको छ । घरमा ग्यासँको सिलिण्डर पड्किएर घरका सदस्यहरु समेत घाइते भएका थिए ।
आमसंचारमाध्यम र श्रमजीवी पत्रकारहरुको समस्या हल गर्ने प्रतिवद्धता
आमसंचारमाध्यम र श्रमजीवी पत्रकारहरुको समस्या हल गर्ने प्रतिवद्धता काठमाडौँ — सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मिडिया संचालक र श्रमजीवी पत्रकारबीचको समस्या समाधान गर्ने बताएका छन् । सबै सञ्‍चार गृहहरुमा न्यूनतम पारिश्रमिक लागू गराउने भन्दै उनले पत्रकारहरुपनि जिम्मेवार बन्नुपर्ने बताए ।
जिल्लामै कोरोना परीक्षणका लागि चरिकोट अस्पतालमा पीसीआर मेसिन राख्ने तयारी
जिल्लामै कोरोना परीक्षणका लागि चरिकोट अस्पतालमा पीसीआर मेसिन राख्ने तयारी चरिकोट - दोलखामै कोरोना भाईरस (कोभिड १९) को परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाईएको छ । दिनप्रतिदिन कोरोना संक्रमण दर बढ्न थालेपछि जिल्लामै पीसीआर परीक्षणका लागि मेसिन खरिद गर्ने पहल सुरु गरिएको हो ।
लोकसेवाद्धारा प्राविधिक लगायत करिब तीन सय पदका लागि दरखास्त आव्हान
लोकसेवाद्धारा प्राविधिक लगायत करिब तीन सय पदका लागि दरखास्त आव्हान काठमाण्डौं - लोक सेवा आयोगले निजामति सेवामा प्राविधिक लगायत विभिन्न पदमा दरखास्त खुल्ला गरेको छ । करिब तीन सय पदका लागि आयोगले दरखास्त आव्हान गरेको हो ।
नियम र मापदण्ड बिपरित सञ्चालित क्रसर उद्योग बन्द गर्न स्थानीय प्रशासनलाई निर्देशन
नियम र मापदण्ड बिपरित सञ्चालित क्रसर उद्योग बन्द गर्न स्थानीय प्रशासनलाई निर्देशन काठमाडौँ — सरकारले नियमविपरित सञ्चालित क्रसर उद्योग बन्द गर्न स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योग बन्द गरी नदी दोहन नियन्त्रण गर्न निर्देशन दिईएको हो ।
दोलखामा थप ८ जनालाई कोरोना संक्रमण
दोलखामा थप ८ जनालाई कोरोना संक्रमण चरिकोट — दोलखाको शैलुङ गाउँपालिकामा ४ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा २ जना पुरुष र २ जना महिला रहेका छन् ।
Weather Update