बिगु गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा १ जनाको मृत्यु, दुई जना घाइते
सोमबार, माघ १, २०८०
जिरीमा ट्याक्टर दुर्घट्ना, एक युवकको मृत्यु
शनिबार, पुस २८, २०८०
चरिकोट । दोलखाको जिरी नगरपालिकामा ट्याक्टर दुर्घट्ना भएको छ । प्लाई कारखानाका लागि काठको मुढा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालक जिरी नगरपालिका–४ का २४ वर्षीय दावा शेर्पा रहेका छन् । उक्त ट्याक्टर राम प्लाई उड फ्याक्ट्रीका लागि जिरी नगरपालिका–४ स्थित सिउरानीको जंगलबाट काठको मुढा लिएर फर्किँदै थियो ।
पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने दोलखाकी युवती पक्राउ
मंगलबार, पुस २४, २०८०
काठमाडौं । पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने दोलखाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर ५ की ३० वर्षिया युवती पूजा श्रेष्ठ रहेकी छन् । उनी हाल काठमाडौँ तार्केश्वर नगरपालिका वडा नम्बर ८ बस्दै आएकी थिईन् ।
एनआरएनए आयरल्याण्डका उपाध्यक्ष चेतराज ओलीद्धारा बिद्यार्थी र शिक्षकका लागि पोशाक सहयोग
आइतबार, पुस २२, २०८०
चरिकोट । गैरआवासिय नेपाली संघ (एनआरएनए) आयरल्याण्डका पदाधिकारीले दोलखाको कालिञ्चोक गाउँपालिका स्थित गुजर्पा आधारभुत विद्यालयका लागि विद्यालय पोशाक सहयोग गरेका छन् । एनआरएनए आयरल्याण्डका उपाध्यक्ष चेतराज ओलीले व्यक्तिगत रुपमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकका लागि पोशाक उपलब्ध गराएका हुन् ।
थामी बस्तीको विद्यालयमा शैक्षिक पूर्वाधारको समस्या, प्रवासमा रहेका युवाहरुबाट डेक्स/बेन्च सहयोग
बिहीबार, पुस १९, २०८०
चरिकोट । दोलखाको दुर्गम मानिने कालिञ्चोक गाउँपालिका–१ म रहेका विद्यालयहरुले शैक्षिक पूर्बाधारको समस्या झेल्दै आएका छन् । थामी समुदाय बाहुल्य उक्त क्षेत्रमा रहेका विद्यालयमा पर्याप्त शैक्षिक पूर्वाधार नहुँदा विद्यालयको दैनिक पठनपाठनमा समस्या हुँदै आएको छ ।
एमाले दोलखा जुट्यो दशौं जिल्ला अधिवेशनको तयारीमा
बुधबार, पुस १८, २०८०
चरिकोट । नेकपा एमाले दोलखा १० औँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । आगामी माघ १९ गतेदेखि २१ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै एमाले त्यसको तयारीमा जुटेको हो । नवौं जिल्ला अधिवेशनले निर्वाचित गरेको जिल्ला कार्यसमितिको कार्यकाल विधानतः नसकिएपनि पार्टी केन्द्रको निर्देशन अनुसार दशौं जिल्ला अधिवेशन हुन लागेको...
रोमानिया पठाईदिन्छु भनी २१ लाख ठगी गर्ने दोलखा मेलुङका एक पुरुष पक्राउ
बुधबार, पुस १८, २०८०
काठमाडौं । रोमानिया पठाईदिन्छु भनेर ठगी गर्ने दोलखा मेलुङका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नम्बर २ का ५० वर्षिय ढाल बहादुर बुढाथोकी रहेका छन् ।
दोलखा घर बताउने दुई युवक डलर सटही गर्ने भन्दै ७ लाख ठगेर फरार
बुधबार, पुस १८, २०८०
चरिकोट । डलर सटही गर्ने भन्दै ठगी गरेर दुई जना युवक फरार भएको उजुरी परेको छ । दोलखा जिल्ला घर बताउने अन्दाजी २५/३० वर्षका दुई युवक सात लाख रुपैयाँ ठगी गरी फरार भएका हुन् ।
दोलखाको कालिञ्चोक गाउँपालिकामा छोराको कुटपिटबाट घाईते आमा मृत भेटिएपछि...
शनिबार, पुस १४, २०८०
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकामा एक बृद्धा मृत अवस्थामा फेला परेकी छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर–३ लामिडाँडाकी करिब ७८ बर्षिया कृष्णमाया बुढाथोकी मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार उनी आफ्नै छाराको कुटपिटबाट घाईते भएकी थिईन् ।
दोलखाको फिल्मसिटी लगायतका योजनालाई पूर्णता दिन पुरा सहयोग जुटाउने प्रधानमन्त्रीको प्रतिबद्धता
शुक्रबार, पुस १३, २०८०
चरिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोलखाको महत्वपुर्ण बिकासे परियोजनाहरुलाई पुर्णता दिन आफ्नै कार्यकालमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले बहुचर्चित फिल्मसिटी, उत्तर–दक्षिण अन्तरदेशीय राजमार्ग लगायतका योजनाहरुलाई पूर्णता दिन आफ्नो तर्फबाट पुरा सहयोग जुटाउने आसवासन दिए ।
अपर तामाकोशीको हकप्रद सेयर लिलाम बिक्री खुल्यो, पुष २९ सम्म आवेदन दिन सकिने
शुक्रबार, पुस १३, २०८०
काठमाडौं । हकप्रदमा नबिकेको माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर आजदेखि लिलाम बिक्री खुल्ला भएको छ । अपरको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा राखिएको हो ।