दोलखा प्रदेश निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष उम्मेदवारमा एमालेबाट चार जनाको दाबी
सोमबार, भदौ २०, २०७९
दोलखा प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ एमालेबाट १५ जना उम्मेदवार सिफारिस (नामावलीसहित)
सोमबार, भदौ २०, २०७९
चरिकोट – नेकपा एमालेले दोलखा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट प्रत्यक्षतर्फ ५ र समानुपातिक तर्फ १० जना उम्मेदवारहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । एमाले जिल्ला कमिटी दोलखाको सोमवार बसेको...
दोलखामा संघतर्फ एमालेको सिफारिस : पुराना र नयाँ दुबै अनुहार, जितबिर लामादेखि रचना खड्कासम्म
सोमबार, भदौ २०, २०७९
चरिकोट – नेकपा एमाले दोलखाले जिल्लाको एकमात्र संघीय निर्वाचन क्षेत्रको प्रत्यक्ष तर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । सोमवार सम्पन्न जिल्ला कमिटीको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनक लागि बाहलवाला सांसदसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
दोलखाको प्रतिनिधिसभातर्फ बहालवाला सांसद गुरुङको उम्मेदवारी घोषणा
सोमबार, भदौ २०, २०७९
चरिकोट – पुर्वमन्त्री एवं बहालवाला सांसद पार्वत गुरुङ आगामी निर्वाचनका लागि दोलखाबाट पुन उम्मेदवार सिफारिस भएका छन् । सोमवार बसेको एमाले जिल्ला कमिटी बैठकले गुरुङलाई जिल्लामा प्रतिनिधिसभाको उम्मेदवारका लागि पार्टी केन्द्रमा सिफारिस गरेको हो । प्रतिनिधिसभा तर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखाको उनी बहालवाला सांसद हुन् ।
दोलखामा निष्क्रिय जस्तै बनेका जनसंगठनहरु फेरी जगाउँदै एमाले (फोटोफिचर)
शनिबार, भदौ १८, २०७९
चरिकोट – नेकपा एमालेले दोलखामा जनसंगठन ब्युँताउन थालेको छ । एमालेले माओवादी केन्द्रसँग एकता भई नेकपा बनेपछि निष्क्रिय जस्तै रहेका पार्टीका जनसंगठनहरुलाई पुनः सक्रिय बनाउन थालेको हो । आगामी मंसिर ४ गते घोषित निर्वाचन नजिकिँदै गर्दा एमालेले जनसंगठनहरुको कार्यक्रमहरुलाई तीब्रता दिएको छ ।
संघ र प्रदेशतर्फ दोलखाबाट कांग्रेसका ३८ जना आकांक्षीको नाम सिफारिस
शुक्रबार, भदौ १७, २०७९
चरिकोट – नेपाली कांग्रेस दोलखाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले प्रतिनिधिसभा तर्फ जिल्लाको एक मात्र निर्वाचन क्षेत्र तर्फ ७ जनाको नाम सिफारिस गरेको छ ।
कन्टेनर दुर्घट्नामा परी घाईते भएका दोलखा गौरीशंकरका युवकको मृत्यु
शुक्रबार, भदौ १७, २०७९
काठमाण्डौं – रसुवामा भएको कन्टेनर दुर्घट्नामा दोलखाको गौरीशंकर गाउँपालिका घर भएका एक युवकको ज्यान गुमाएका छन् । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर ५ का अन्दाजी २३ वर्षिय विश्वनाथ भूजेल रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
बिहीबार, भदौ १६, २०७९
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अब निगमले सोही मूल्य सूचीअनुसार आईओसीलाई खरिद हुने तेलको रकम भुक्तानी गर्नुपर्नेछ ।
सिन्धुली माओवादीमा पहिरो, जिल्ला संयोजक सहित ठुलो संख्यामा नेता कार्यकर्ताहरु एमाले प्रवेश
बिहीबार, भदौ १६, २०७९
सिन्धुली - नेकपा माओवादी केन्द्र सिन्धुलीको नेतृत्वदेखि ठुलो संख्याका नेता कार्यकर्ताहरुले पार्टी छाडेका छन् । पार्टीका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला संयोजकसहितका नेता-कार्यकर्ताहरु पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका हुन् ।
अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित
बिहीबार, भदौ १६, २०७९
बनेपा – पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्र निर्वाचित भएका छन् । अन्य अध्यक्षका प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । बुधवार सम्पन्न मतदानमा ५८२ जना व्यवसायीहरुले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढि मत क्षेत्रीले प्राप्त गरेका हुन् ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा ढुंगा लागेर एसईई दिएर बसेका विद्यार्थीको मृत्यु
बुधबार, भदौ १५, २०७९
चौतारा - सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ढुंगा लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ माझटोलका १८ वर्षिय अमित थामी रहेका छन् ।