दोलखा विगु गाउँपालिकाका एक बालकको सवारी दुर्घटनामा परी मृत्यु
आइतबार, कात्तिक १३, २०७९
दोलखाको विगु गाउँपालिकामा पोखरीमा डुबेर एक युवकको मृत्यु
बुधबार, कात्तिक ९, २०७९
चरिकोट - दोलखाको विगु गाउँपालिकामा पोखरीमा डुबेरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर ४ लादुकका ३५।३६ वर्षका चेत बहादुर तामाङ रहेका छन् । उनको आफ्नै घरदेखी ५० मिटरको दुरीमा रहेको किवी खेतीमा सिंचाईका लागि बनाएको पोखरीमा डुबेरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको...
अखिल क्रान्तिकारी दोलखाका कोषाध्यक्ष ओली एमाले प्रवेश
सोमबार, कात्तिक ७, २०७९
काठमाण्डौं – माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी दोलखाका कोषाध्यक्ष वालकृष्ण ओली नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले दोलखा काठमाण्डौं सम्पर्क मञ्चले दिपावली लगायत पर्वहरुको अबसरमा काठमाण्डौंमा सोमवार आयोजना गरेको कार्यक्रममा उनी एमाले प्रबेश गरेका हुन् ।
‘जिरीलाई पर्यटकीय हबको रुपमा विकास गरेर समृद्ध बनाउने योजना छ’
सोमबार, कात्तिक ७, २०७९
जिरी – नेकपा एमालेका तर्फबाट दोलखा निर्वाचन क्षेत्र नम्बर १ उम्मेदवार नरबहादुर श्रेष्ठले पर्यटकीय नगरी जिरीको विकासको सन्दर्भमा आफ्नो योजना प्रस्तुत गरेका छन् । जिरी नगरपालिकाका मतदाताहरुसँगको भेटघाटका क्रममा उम्मेदवार श्रेष्ठले जिरीलाई पर्यटन विकासको माध्यमबाट साँचो अर्थमा स्वीट्जरल्याण्डको स्तरमा पुर्याउन सकिने बताए । जिरीलाई पर्यटकीय हबका रूपमा विकास गर्न एमालेकै...
दोलखामा निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा जिम्मेवार निकाय बेखबर
सोमबार, कात्तिक ७, २०७९
चरिकोट – दोलखामा निर्वाचन आचारसंहिता उल्लंघन सुरु भएको विषयमा जिम्मेवार निकाय बेखवर जस्तै देखिएको छ । जिल्लामा राजनीतिक दलहरुले जनप्रतिनिधिहरुलाई आफ्नै कार्यक्षेत्रभित्र पर्नेगरी निर्वाचन परिचालन अभियानमा खटाउने लगायत आचारसंहित बिपरितका गतिविधि भैरहेका छन् ।
दोलखाको प्रतिनिधिसभा सदस्यमा युवा उम्मेदवार
सोमबार, कात्तिक ७, २०७९
चरिकोट – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने युवाहरुको संख्या अधिक छ । पुरानो पुस्तालाई चुनौती दिँदै युवा उमेर समुहका नेताहरु चुनावी मैदानमा उत्रिएका हुन् । त्यस्तै मध्येका एक हुन्, जनता समाजवादी पार्टीका युवा नेता दावा शेर्पा ।
कांग्रेस नेता उप्रेतीद्धारा पार्टी परित्याग गरेको घोषणा, एमाले उम्मेदवारलाई सहयोग गर्ने
आइतबार, कात्तिक ६, २०७९
जिरी – नेपाली कांग्रेसका प्रभावशाली नेता श्याम उप्रेतीले सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई सहयोग गर्न बताएका छन् । नेकपा एमाले जिरी नगरकमिटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेता उप्रेतीले कांग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा समेत गरे ।
सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
आइतबार, कात्तिक ६, २०७९
काठमाडौँ - बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप २ दिन अनुमतिका...
दोलखामा एकिकृत समाजवादी पार्टी छाड्ने क्रम बढ्यो, सिंगो कमिटीनै एमालेमा समाहित
आइतबार, कात्तिक ६, २०७९
चरिकोट – दोलखामा एकीकृत समाजवादी पार्टी परित्याग गर्ने क्रम बढेको छ । जिल्ला स्तरिय नेताहरुले पार्टी परित्याग गरेको केहिदिन पछि आईतवार पुन सिंगो गाउँ कमिटीले पार्टी परित्याग गरेको घोषणा गरेको छ । केही दिन अघि मात्रै समाजवादीका जिल्ला कमिटि सचिवालय सदस्य केशव शिवाकोटी र समाजवादी शिक्षक संगठनका जिल्ला सचिव केशर...
जसले व्यवसाय र समाजसेवासँगै राजनीतिमा बितायो झण्डै ४० वर्ष
आइतबार, कात्तिक ६, २०७९
चरिकोट – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धेरै उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । बिभिन्न पृष्ठभूमि भएका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । दोलखामा पनि त्यस्तै पृष्ठभुमीका धेरैको उम्मेदवारी परेको छ तर मुख्यगरी नेकपा एमाले र सत्तारुढ गठबन्धनका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने देखिन्छ । एमालेका तर्फबाट वालकृष्ण शिवाकोटी र...
दोलखामा गठबन्धनले आचारसंहिता प्रतिकुल हुनेगरी जनप्रतिनिधिलाई निर्वाचन अभियानमा खटायो
शुक्रबार, कात्तिक ४, २०७९
चरिकोट – सत्तारुढ गठबन्धनले दोलखामा अधिकांस निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको तर्फबाट निर्वाचन परिचालनको जिम्मेवारी दिएको छ । गत स्थानीय तह निर्वाचनबाट चुनिएका नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्य लगायतलाई निर्वाचन परिचालनको महत्वपूर्ण जिम्मेवारी दिईएको हो ।
डलरको भाउ बढेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर
बिहीबार, कात्तिक ३, २०७९
काठमाडौँ - नेपाली मद्रा हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमयदर १३३.१४ रुपैयाँ (बिक्रीदर) तोकेको छ । खरिद दर १३२.५४ रुपैयाँ छ । यो हालसम्मकै उच्च दर हो । पछिल्लो तीन महिनायता निरन्तरजसो डलरको भाउ उकालो लागिरहेको छ ।