Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सोलुमा मोटरसाईकल दुर्घट्नामा परी युवकको मृत्यु
सोलुमा मोटरसाईकल दुर्घट्नामा परी युवकको मृत्यु सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिकामा मोटरसाइकल दुर्घटनमा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माप्यदुधकोसी गाउँपालिका ४ का २१ वर्षीय हेम कुमार राई रहेका छन् ।
वाग्मती प्रदेश योजना आयोगको उपाध्यक्ष बने चालिसे
वाग्मती प्रदेश योजना आयोगको उपाध्यक्ष बने चालिसे हेटौंडा । वाग्मती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । लुम्बिनी प्रदेशको बर्दिया चालिसे जनसंख्या र बुढ्यौली विद हुन ।
काठमाडौंका तीन स्थानमा बर्डफ्लू पुष्टि
काठमाडौंका तीन स्थानमा बर्डफ्लू पुष्टि काठमाडौँ । काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लूको संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू भेटिएको हो । पशु सेवा विभागले बर्डफ्लू देखिएको पुष्टि गरेको छ ।
कुनै कमजोरी नगर्न प्रदेश श्रम मन्त्रीको कर्मचारीलाई निर्देशन
कुनै कमजोरी नगर्न प्रदेश श्रम मन्त्रीको कर्मचारीलाई निर्देशन हेटौंडा । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले कुनै कमजोरी नगर्न कर्मचारीलाई चेतावनी दिएका छन् । मन्त्रालयमा कर्मचारीसँगको अन्तरक्रियामा उनले काम गर्न सकेमात्र जनताले राहत महसुस गर्ने भन्दै कमजोरी नगर्न निर्देशन दिएका हुन् ।
दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु दोलखाको विगु गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृृत्यु भएको छ  । जिल्लाको विगु गाउँपालिका वडा नम्बर ४ लादुकमा आज दिउँसो करिब १ बजे बजे सिंगटी लादुक सडकखण्ड अन्तर्गत चित्रेस्थित रमिते गोलाईमा ढुगाँ लोड गरेको ट्याक्टर दुर्घटना हुँदा २४ वर्षिय किसन सार्कीकोे मृत्यु भएको हो ।
फेसबुकमार्फत युवतीको चरित्र हत्या गर्ने दोलखा मेलुङका युवक पक्राउ
फेसबुकमार्फत युवतीको चरित्र हत्या गर्ने दोलखा मेलुङका युवक पक्राउ काठमाण्डौं । सामाजिक संजालको दुरुपयोग गरी व्यक्तिको चरित्र हत्या गर्ने दोलखा मेलुङ गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलुङ गाउँपालिका वडा नम्बर ७ खड्काथोकका २४ वर्षिय अर्जुन खड्का रहेका छन् ।
नक्कली मदिरा बिक्री गरेको आरोपमा दोलखाका १ जना सहित तीन जना पक्राउ
नक्कली मदिरा बिक्री गरेको आरोपमा दोलखाका १ जना सहित तीन जना पक्राउ नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने दोलखाका १ जना सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १ कुपण्डोलबाट खटिएको प्रहरी टोलीले मदिरा पसलहरूमा खानतलासी गर्ने क्रममा उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।
कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्रका लागि १२ स्थान प्रस्ताव, कहिले लाग्छ टुंगो ? 
कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्रका लागि १२ स्थान प्रस्ताव, कहिले लाग्छ टुंगो ?  चरिकोट । सामान्यतः गाउँपालिका केन्द्रका लागि मापदण्डको आधारमा सम्भावित स्थानको प्रस्ताव गरिन्छ । दोलखाको कालिञ्चोक गाउँपालिकाले अघिल्लो कार्यकालमा गठन गरेको सुझाव कार्यदलले केन्द्र निर्धारण सम्बन्धी मापदण्डको केही बुँदामा टेकेर सम्भावित तीन स्थानमा गाउँपालिका केन्द्र राख्दा उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।
तामाकोशी पाचौँ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिईदै
तामाकोशी पाचौँ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिईदै काठमाडौं । तामाकोसी-५ जलविद्युत आयोजना निर्माण चिनियाँ कम्पनीले गर्ने भएको छ । आयोजना निर्माणका लागि परेका प्राविधिक प्रस्ताव मध्ये दुई चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड सर्टलिस्टमा परेका हुन् । अब ती दुई कम्पनीमध्ये एकले आयोजना निर्माणको ठेक्का पाउने आयोजनाका अधिकारीहरु बताउँछन् ।
चरिकोट खानेपानीको बिवाद गहिरिँदै
चरिकोट खानेपानीको बिवाद गहिरिँदै चरिकोट । दोलखा सदरमुकाम चरिकोट र आसपासका क्षेत्रको खानेपानी समस्या समाधान गर्न बनेका दुई संस्था बीचको बिवाद गहिरिँदै गएको छ । चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समिति र चरिकोट सहरी खानेपानी तथा सरसफाई आयोजनाबीचको बिवाद उत्कर्षमा पुगेको हो ।
Weather Update