Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
शिक्षक संघ दोलखाको नयाँ कार्यसमिति चयन, अध्यक्ष मानन्धर दोहोरिए
शिक्षक संघ दोलखाको नयाँ कार्यसमिति चयन, अध्यक्ष मानन्धर दोहोरिए चरिकोट । नेपाल शिक्षक संघको जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघको नवौं जिल्ला अधिवेशनले अध्यक्षमा पुनः गोविन्द नारायण मानन्धरलाई चयन गरेको छ । मानन्धर यसअघि पनि अध्यक्षको जिम्मेवारीमा थिए । नयाँ नेतृत्व चयनमा सहमति गर्न ढिलाई भएपछि आईतवार मानन्धरकै नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।
अभि थापाको नेतृत्वमा दोलखाली समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन
अभि थापाको नेतृत्वमा दोलखाली समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन दक्षिण कोरिया । दोलखाली समाज दक्षिण कोरियाको अध्यक्षमा अभि थापा चयन भएका छन् । समाजको आईतवार सम्पन्न भेलाले थापाको अध्यक्षतामा ....सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दक्षिण कोरियामा रहेका नेपालीहरु संगठित भई बनाएको उक्त महत्वपुर्ण संस्थाको नेतृत्वमा थापा सर्बसम्मत चयन भएका हुन् ।
सिन्धुपाल्चोकको ५ क्याम्पसमा स्ववियु पदाधिकारी निर्बिरोध
सिन्धुपाल्चोकको ५ क्याम्पसमा स्ववियु पदाधिकारी निर्बिरोध सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका ५ क्याम्पसका स्ववियु पदाधिकारी निर्बिरोध भएका छन् । जिल्लाका प्रमुख दुई क्याम्पस चौतारा बहुमुखी क्याम्पस र सुनकोशी बहुमुखी क्याम्पस सहित अन्य क्याम्पसहरूमा सर्वसम्मत रूपमा स्ववियु पदाधिकारी निर्वाचित भएका हुन् । चौतारा बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका अमृत श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् ।
सिन्धुलीमा यात्रुबाहक बस दुर्घट्ना, ६ जनाको मृत्यु
सिन्धुलीमा यात्रुबाहक बस दुर्घट्ना, ६ जनाको मृत्यु काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घट्नामा परी पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब
नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब काठमाडौँ ।  चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी...
स्ववियु निर्वाचन : सिन्धुपाल्चोकमा एमाले र माओवादी निकट विद्यार्थी संगठनबीच तालमेल
स्ववियु निर्वाचन : सिन्धुपाल्चोकमा एमाले र माओवादी निकट विद्यार्थी संगठनबीच तालमेल सिन्धुपाल्चोक । आउँदो चैत–५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोक एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच तालमेलको सहमति भएको छ । जिल्लाका क्याम्पसहरुमा एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारी बीच चुनावी तालमेल हुने भएको हो । 
मध्य भोटेकोशीको निर्माण प्रगति ९५ प्रतिशत
मध्य भोटेकोशीको निर्माण प्रगति ९५ प्रतिशत सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
काभ्रेमा सवारी दुर्घट्ना हुँदा दोलखा सुन्द्रावतीका दुई जना घाईते
काभ्रेमा सवारी दुर्घट्ना हुँदा दोलखा सुन्द्रावतीका दुई जना घाईते चरिकोट । काभ्रेपलाञ्चोकमा सवारी दुर्घट्नामा परी दोलखाका दुई जना घाईते भएका छन् । काभ्रेपलाञ्चोकको ५२ किलो भन्ने स्थानमा एम्बुलेन्सले मोटसाइललाई ठक्कर दिँएर दुर्घट्ना भएको हो । घाईते हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर–९, सुन्द्रवतीका ३६ वर्षिय धनविर थामी र उनकी ७५ वर्षिया आमा पुर्णमाया थामी रहेका छन् ।
चरिकोटमा सुरु भयो दोलखा महोत्सव
चरिकोटमा सुरु भयो दोलखा महोत्सव चरिकोट । दोलखा महोत्सव सदरमुकाम चरिकोटमा शुक्रबारबाट सुरु भएको छ । चेम्बर्स अफ कमर्स दोलखाको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान एवं भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरे । पछिल्लो समय सुस्ताएको आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटकीय क्षेत्र तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजकले...
भीमेश्वर मन्दिर दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखामा
भीमेश्वर मन्दिर दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखामा चरिकोट । राष्ट्रपति विद्यादेवी भण्डारी दोलखा आईपुगेकी छन् । प्रसिद्ध दोलखा भीमेश्वरको दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखा आएकी हुन् । राष्ट्रपति बिहिवार विहान सैनिक हेलिकोप्टर मार्फत सदरमुकाम चरिकोटस्थित नेपाली सेनाको तारादल गणमा उत्रिनेपछि भीमेश्वर मन्दिर पुगेकी हुन् ।
राष्ट्रपति भण्डारी दोलखा आउँदै, भीमेश्वरको दर्शन र टुकी किसानसँग अन्तरक्रिया गर्ने
राष्ट्रपति भण्डारी दोलखा आउँदै, भीमेश्वरको दर्शन र टुकी किसानसँग अन्तरक्रिया गर्ने चरिकोट । राष्ट्रपति बिद्यादेवी भण्डारी भीमेश्वर दर्शनका लागि आज दोलखा आउँदै छिन् । प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखा आउन लागेकी हुन् । राष्ट्रपति बिहिवार विहान ११ बजे सैनिक हेलिकोप्टर मार्फत सदरमुकाम चरिकोटस्थित नेपाली सेनाको तारादल गणमा उत्रिने कार्यक्रम छ ।
सुन्द्रावतीका आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण
सुन्द्रावतीका आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीका आगलागी पीडितहरुलाई सोमवार थप राहात सहयोग हस्तान्तरण गरिएको छ । नेपाल थामी समाज दोलखा मार्फत पीडित परिवारलाई १ लाख २९ हजार ४ सय ९५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
Weather Update