Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
फेसवुकमा केटी साथीको चरित्रहत्या गर्ने दोलखा भीमेश्वरका युवक पक्राउ
फेसवुकमा केटी साथीको चरित्रहत्या गर्ने दोलखा भीमेश्वरका युवक पक्राउ चरिकोट । फेसवुकको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा दोलखा भीमेश्वर नगरपालिकाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्बर ८ का ३७ वर्षिय शम्भु कार्की रहेका छन् ।
उत्कृष्ट विद्यार्थी ‘स्पीकर’ छनौट गर्न दोलखामा प्रतियोगिता हुने, आकर्षक पुरस्कार दिईने
उत्कृष्ट विद्यार्थी ‘स्पीकर’ छनौट गर्न दोलखामा प्रतियोगिता हुने, आकर्षक पुरस्कार दिईने चरिकोट । दोलखाका माध्यामिक विद्यालयहरुबाट उत्कृष्ट विद्यार्थी बक्ता छनोट गरिने भएको छ । माध्यामिक विद्यालय तहका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट बक्ता छनोट गर्न लागिएको हो । दोलखाली समाज दक्षिण कोरियाले जिल्ला स्तरिय बतृत्वकला प्रतियोगिता मार्फत मावि तहको विद्यार्थी स्पीकर छनोट गर्ने घोषणा गरेको छ ।
सोलुको खम्बु आईफलमा हिमपहिरोमा परी ३ शेर्पा आरोहीको मृत्यु
सोलुको खम्बु आईफलमा हिमपहिरोमा परी ३ शेर्पा आरोहीको मृत्यु सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पा आरोहीको मृत्यु भएको छ । सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् ।
दोलखाको मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड
दोलखाको मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड काठमाडौं । दोलखाकोक गौरीशंकर गाउँपालिका स्थित मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । उक्त हाईड्रोपावरले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले बुधबार आईपीओ बाँडफाँट गरेको हो ।
सिन्धुपाल्चोकको तातोपानी नाका ठप्प
सिन्धुपाल्चोकको तातोपानी नाका ठप्प चौतारा । नेपाल–चीन जोड्ने उत्तरी नाका तातोपानी सुनसान बनेको छ । उक्त नाका मंगलबारबाट एक सातासम्मका लागि बन्द गरिएपछि तातोपानी ठप्प भएको हो । भूकम्पको चार वर्षपछि मालवाहक रुपमा सञ्चालनमा ल्याइएको तातोपानी नाकाबाट कन्टेनर आउजाउसमेत रोकिएपछि नाका झनै सुनसान बनेको छ ।
माथिल्लो तामाकोशीको विद्युत निर्यात प्रस्ताव भारतले अझै स्वीकृत गरेन
माथिल्लो तामाकोशीको विद्युत निर्यात प्रस्ताव भारतले अझै स्वीकृत गरेन काठमाडौँ । बिजुली निर्यात गर्न नेपालले पठाएको माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाको प्रस्ताव भारतको अझै स्वीकृत गरेको छैन । नेपालले माथिल्लो तामाकोशी आयोजनाको विद्यूत भारतिय बजारमा बिक्रीका लागि गत फागुनमा भएको ऊर्जा सम्मेलनअघि नै प्रस्ताव पठाएको थियो । 
पाठकको नेतृत्वमा हाम्रो साना किसान कृषि सहकारीको संचालक समिति चयन
पाठकको नेतृत्वमा हाम्रो साना किसान कृषि सहकारीको संचालक समिति चयन चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–८, स्थित हाम्रो साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा होम पाठक चयन भएका छन् । शनिवार सम्पन्न प्रथम साधारण सभाले पाठकको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा बद्रीनाथ शिवाकोटी, सचिव गुरु प्रसाद खरेल, कोषाध्यक्षमा तुलसा बसेल चयन भएका छन् ।
रामेछाप कारागारमा एक कैदीको मृत्यु
रामेछाप कारागारमा एक कैदीको मृत्यु मन्थली । रामेछाप मन्थली स्थित कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु तामाकोशी गाउँपालिका–५ का ५२ बर्षिय बिरे दर्जीको रहेका छन् । उनी अदालतको आदेशपछि कर्तव्य ज्यान मुद्धामा पुर्पक्षको लागि कारागारमा थिए ।
रामेछापमा बोलेरो दुर्घट्ना हुँदा चार जनाको मृत्यु, १० जना घाईते
रामेछापमा बोलेरो दुर्घट्ना हुँदा चार जनाको मृत्यु, १० जना घाईते मन्थली । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) जिप दुर्घटना भएको छ । दुर्घट्नामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना बढी घाईते भएका छन् । मृतकहरूको पहिचान खुल्न बाँकी छ । प्रहरीका अनुसार घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मानवअधिकारवादी संस्था हुराडेक नेपाल ३१ औं वर्षमा
मानवअधिकारवादी संस्था हुराडेक नेपाल ३१ औं वर्षमा चरिकोट । मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल ३० वर्ष पुरा गरेर ३१ औं वर्षमा प्रवेश गरेको छ । मोफसलको बलियो मानवअधिकारवादी संस्थाको रुपमा स्थापित हुराडेकले दोलखा सदरमुकाम चरिकोटमा बिहीबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ३१ औं वार्षिक उत्सव मनाएको छ ।
दोलखाको कालिञ्चोकमा मानव कंकाल भेटियो
दोलखाको कालिञ्चोकमा मानव कंकाल भेटियो चरिकोट । दोलखाको कालिञ्चोकमा मानव कंकाल फेला परेको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर १ मा पर्ने भैसे पात्लेखोला भन्ने स्थानमा मानव कंकाल फेला परेको हो । कंकालसँगै ती व्यक्तिले लगाएको गम्बुट भेटिएको छ ।
नाबालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक र काभ्रेका दुई जना पक्राउ
नाबालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक र काभ्रेका दुई जना पक्राउ काठमाडौं । एक नाबालिगमाथि सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक र काभ्रेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्दै आएका २१ वर्षका निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई टोखा–६ धापासी बस्दै आएका २१ बर्षका कुशल श्रेष्ठ...
Weather Update