‘वर्तमान सरकार असफल भए पार्टी सिद्धिन्छ’
शनिबार, असार २, २०८०
यस्तो आयो वाग्मती प्रदेशको बजेट (पूर्णपाठ)
शुक्रबार, असार १, २०८०
हेटौंडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा करिब ८ अर्ब घटाएर आगामी आवको नीति तथा योजनाको कार्यान्वयन गर्ने गरी शुक्रबार बजेट सार्वजनिक गरेको हो ।
खिम्तिको सबस्टेशन संचालन, दोलखासहितका जिल्लाको विद्युत आपुर्तिमा सुधार हुने
शुक्रबार, असार १, २०८०
काठमाडौं । नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२-३३-११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित उक्त सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३-११ केभी, ६र८ एभिए क्षमताको १ वटा पावर ट्रान्सफर्मरहरु राखिएका छन् ।
टिपरले मोटरसाईकललाई ठक्कर दिँदा दोलखा शैलुङका एक युवकको मृत्यु
बुधबार, जेठ ३१, २०८०
काठमाण्डौं । काठमाडौंको जडिबुटीमा टिपरले ठक्कर दिँदा दोलखा घर भएका एक युवकको मृत्यु भएको छ । काठमाण्डौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मंगलबार राती ठक्कर दिँदा मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको हो ।
दोलखाको विगु गाउँपालिका स्थित शारदा माविका विद्यार्थी आन्दोलित
सोमबार, जेठ २२, २०८०
चरिकोट । दोलखाको विगु गाउँपालिका–३ शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । विषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सोमबार कक्षा बहिस्कार गर्दै नाराबाजीसहित विद्यालयमा विरोध प्रर्दशन गरेका थिए ।
कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समितिको नयाँ कार्यसमिति चयन
आइतबार, जेठ २१, २०८०
दक्षिण कोरिया । दक्षिण कोरिया स्थित पुरानो संस्था नेपाली सम्पर्क समितिको नयाँ कार्यसमिति चयन भएको छ । यो दक्षिण कोरियामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो र नेपाली संघसंस्थाहरूको छाता संस्था हो ।
माथिल्लो तामाकोशीको बिजुली खरिद राकेको विषयमा भारतको ध्यानाकर्षण गराईदै
बुधबार, जेठ १७, २०८०
काठमाडौं । राष्टिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली खरिद रोकिएकोबारे सरकारले भारतको ध्यानाकर्षण गराउने भएको छ । माथिल्लो तामाकोशी आयोजनाको बिजुली भारतको प्रतिस्पर्धात्मक बजारमा निर्यात गर्ने प्रस्ताव भारतले स्वीकृत नगरेपछि अलपत्र छ ।
फ्रान्स पठाईदिन्छु भन्दै ४० लाख ठगी गर्ने दोलखाका एक पुरुष पक्राउ
मंगलबार, जेठ १६, २०८०
काठमाण्डौं । फ्रान्स पठाईदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दोलखाका एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर ३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ५० वर्षिय सुरेश कुमार पाख्रिन रहेका छन् ।
चर्णावती त्रिवेणीधाम महायज्ञमा जुट्यो १ करोड ५ लाख सहयोग
मंगलबार, जेठ १६, २०८०
चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्नावती धाममा लगाईएको महायज्ञमा एक करोड भन्दा बढी सहयोग जुटेको छ । जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि लगाईएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा १ करोड ५ लाख भन्दा वढि नगद संकलन भएको हो ।
‘गाडी अबरोध गर्नेलाई सम्झाउँदा दृष्प्रचार गरियो’
आइतबार, जेठ १४, २०८०
काठमाण्डौं । पुर्वमन्त्री एवं एमाले पोलिट व्यूरो सदस्य पार्वत गुरुङले शनिवार भएको सामान्य घट्नाको विषयलाई लिएर दुष्प्रचार गरिएको भन्दै त्यसको खण्डन गरेका छन् । आईतवार दोलखाबाट काठमाण्डौं आउने क्रममा गुरुङले सर्वसाधरणमाथि कुटपिट गरेको भन्दै केही संचारमाध्यममा समाचार आएपछि गुरुङले गलत समाचार सम्प्रेषण गरिएकोले भ्रममा नपर्न आग्रह गरेका हुन् ।
वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
आइतबार, जेठ १४, २०८०
हेटौंडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको आईतवार बसेको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा केही पुराना र नयाँ कार्यक्रमलाई समेटिएको छ ।
चर्णावती त्रिवेणीधाम महायज्ञमा शारदा घिमिरेको १५ लाख २ हजार सहयोग
आइतबार, जेठ १४, २०८०
चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कु स्थित चर्णावती धाममा जारी महायज्ञमा सहयोग आउने क्रम जारी छ । उक्त श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा आईतवार एक जना समाजसेवीले १५ लाख २ हजार रुपैयाँ सहयोग गरेका छन् ।
जेठ १८ र १९ मा सोक्ला रक क्लाईम्विङ महोत्सव
आइतबार, जेठ १४, २०८०
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ मा सोक्ला रक क्लाईम्विङ महोत्सव हुने भएको छ । भीमेश्वर नगरपालिकाको आयोजनामा जेठ १८ र १९ गते दुई दिन महोत्सव हुन लागेको हो । साहसिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको सोक्ला गाउँमा रक क्लाईम्विङ गरेर औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ...