Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विषालु च्याउ खाँदा दोलखामा एक जनाको मृत्यु
विषालु च्याउ खाँदा दोलखामा एक जनाको मृत्यु चरिकोट । विषालु च्याउ खाँदा दोलखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीशंकर गाउँपालिका–६ चंखुकी ३२ वर्षिया सोमलेकी शेर्पा रहेकी छन् । स्थानीयका अनुसार जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा शेर्पा परिवारका ४ जना बालबालिका समेत बिरामी भएका छन् । 
बढ्यो रेमिट्यान्स, ११ महिनामा ११ खर्ब १२ अर्ब भित्रियो
बढ्यो रेमिट्यान्स, ११ महिनामा ११ खर्ब १२ अर्ब भित्रियो काठमाडौँ । गत साउनदेखि जेठसम्म रेमिट्यान्स उल्लेख्य बृद्धि भएको छ । ११ महिनामा मुलुकमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले मात्रै बढेको थियो । गत आवको तुलनामा चालु आर्थिक वर्षमा रेमिट्यान्स २२.७ प्रतिशतले बढेको हो...
लम्पी स्किन रोगको प्रकोप फैलिएपछि मेलुङमा पशु ढुवानी र व्यापारमा रोक
लम्पी स्किन रोगको प्रकोप फैलिएपछि मेलुङमा पशु ढुवानी र व्यापारमा रोक चरिकोट । दोलखाको मेलुङ गाउँपालिकामा पनि लम्पी स्किन रोगको प्रकोप बढेको छ । उक्त रोगको संक्रमण बढेपछि गाउँपालिकाले सतर्कताका लागि स्थानीयलाई आग्रह गरेको छ । लम्पीको प्रकोप बढेपछि मेलुङ् गाउँपालिका वडा नम्बर ३ मा पशुको व्यापार र ओसार पसारमा रोक लगाईएको छ ।
वाग्मती प्रदेशमा २१ प्रतिशत मात्रै रोपाई
वाग्मती प्रदेशमा २१ प्रतिशत मात्रै रोपाई हेटौंडा । बागमती प्रदेशमा यस वर्ष रोपाईमा ढिलाई भएको छ । हालसम्मको तथ्यांक अनुसार यो प्रदेशमा २१ प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय हेटौंडाका अनुसार यस वर्ष मनसुन ढिला गरी सुरु भएको कारण असार अन्तिम हप्तासम्म रोपाइँ २१ प्रतिशतमात्र भएको हो ।
यस्तो छ, एसईई परीक्षामा दोलखाको नतिजा 
यस्तो छ, एसईई परीक्षामा दोलखाको नतिजा  चरिकोट । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा संचालन गरेको एसईई (माध्यमिक शिक्षा परीक्षा) मा दोलखाबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या न्युन देखिएको छ । २०७९ सालको एसईई परीक्षामा दोलखाका ६० जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।
दोलखा, सिन्धुपाल्चोक र सोलुखुम्बुमा बाढिपहिरोको जोखिम
दोलखा, सिन्धुपाल्चोक र सोलुखुम्बुमा बाढिपहिरोको जोखिम काठमाण्डौ । दोलखा, सिन्धुपाल्चोक र सोलुखुम्बुमा ठूलो वर्षासँगै बाढीपहिरोको जोखिम बढेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार यी तीन जिल्ला अत्याधिक वर्षासँगै पहिरोको जोखिम देखिएको हो । गएराति सिन्धुपाल्चोकको नाकोटे र गुम्थाङमा ठूलो वर्षा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको नतिजा सार्वजनिक काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । 
त्रिवेणीधाम महायज्ञको आम्दानी एक करोड ४ लाख, ३१ लाख ७१ हजार खर्च
त्रिवेणीधाम महायज्ञको आम्दानी एक करोड ४ लाख, ३१ लाख ७१ हजार खर्च दोलखा । दोलखाको प्रसिद्ध चरणावती त्रिवेणी धाममा गत जेठमा सम्पन्न श्रीमद् देवी भागवत महायज्ञको आयव्यय बिवरण सार्वजनिक गरिएको छ । सदरमुकाम चरिकोटमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आम्दानी तथा खर्चको बिवरण सार्वजनिक गरिएको हो । महायज्ञका आर्थिक संयोजक एवं चरणावती धाम विकास तथा प्रवद्र्धन संस्थाका कोषाध्यक्ष शम्भु खड्काका अनुसार महायज्ञमा...
थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ विमोचन
थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ विमोचन सिंगटी । नेपालको अतिसिमान्तकृत थामी जातिले आफ्नो कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेका छन् । जिल्लाको विगु गाउँपालिकाको आर्थिक सहयोगमा थामी समुदायको साझा संस्था नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेको हो । उक्त कर्मकाण्डको दोलखा जिल्लाका संघीय सांसद गंगा कार्की ‘विश्व’, वाग्मती प्रदेशसभा सांसदहरु कुन्दन काफ्ले,...
भीमेश्वर नगरपालिकामा आलु, तरकारी र किवीको उत्पादन बढ्दै, बजारको सँधै चिन्ता
भीमेश्वर नगरपालिकामा आलु, तरकारी र किवीको उत्पादन बढ्दै, बजारको सँधै चिन्ता दोलखा जिल्ला भीमेश्वर नगरपालिका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्ट्रिकोणले मात्रै होईन व्यवसायिक कृषि उत्पादनको दृष्टिले पनि अत्यन्तै सम्भावनायुक्त नगर हो । विशेषगरी यस नगरपालिकामा कृषिवाली मध्येपनि किवी, तरकारी र आलु उत्पादनको प्रचुर सम्भावना छ । 
ओखलढुंगामा पहिरोमा परी श्रीमान श्रीमतीको मृत्यु
ओखलढुंगामा पहिरोमा परी श्रीमान श्रीमतीको मृत्यु ओखलढुंगा । चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा परी २ जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङको मृत्यु भएको हो ।
वेलायतमा नेपाली कामदार पठाउन श्रम सम्झौता कार्ययोजना स्वीकृत
वेलायतमा नेपाली कामदार पठाउन श्रम सम्झौता कार्ययोजना स्वीकृत काठमाडौं । सरकारले बेलायतमा नेपाली कामदार पठाउन श्रम सम्झौता कार्ययोजना स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेको हो । कार्ययोजना स्वीकृत भएसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको हो ।
Weather Update