चरिकोट स्थित अस्पतालको जनरल बेड अब निशुल्क
बिहीबार, साउन ३२, २०८०
दोलखाबाट काठमाण्डौं जाँदै गरेका दुई वटा बस दुर्घट्ना, ३० जना घाईते
शुक्रबार, साउन २६, २०८०
चरिकोट । दोलखाबाट काठमाडौं गइरहेको दुई वटा यात्रुबाहक वस दुर्घट्ना हुँदा ३० जना यात्रु घाईते भएका छन् । जिल्लाको बैतेश्वर गाउँपालिकाको गैरीमुदीबाट हिँडेको बस गोपिखोला र जिल्लाबाट काठमाण्डौं जाँदै गरेको अर्को बस बलेफी गाउँपालिकाको खाडीचौर बजारमा दुर्घट्ना भएको हो । ईलाका प्रहरी बाह्रबिसेका अनुसार खाडीचौरमा भएको दुर्घट्नामा ८ जना घाईते...
दोलखा वराङका एक किशोरको पहिरोमा पुरिएर मृत्यु
बुधबार, साउन २४, २०८०
चरिकोट । पहिरोमा पुरिएर दोलखाको विगु गाउँपालिका, साँघुरेमा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा विगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङ रहेका छन् । उनी तामाकोशी नदीमा तिते माछा टिप्न झरेका थिए ।
एमालेले भन्यो : डिम्याट बिनानै तामाकोशीमा हदप्रद सेयर हाल्ने व्यवस्था गरियोस्
सोमबार, साउन २२, २०८०
चरिकोट । नेकपा एमाले दोलखाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा सबै सर्बसाधारण नागरिकको हदप्रद सेयर सुनिश्चित गर्न माग गरेको छ । डिम्याट खाता अनिवार्य गर्दा धेरै नागरिक हदप्रद सेयरबाट बञ्चित हुने भन्दै एमालेले डिम्याट बिनानै हदप्रद सेयर आवेदनको व्यवस्था गर्न माग गरेको हो ।
कालिञ्चोक गाउँपालिकाको केन्द्र कुभिण्डेमा तोक्ने निर्णय
सोमबार, साउन २२, २०८०
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकाको केन्द्र कुभिण्डेमा रहनेगरी निर्णय भएको छ । गाउँपालिकाको सोमवार बसेको १२ औं गाउँसभाले वडा नम्बर ४ अन्तर्गत पर्ने दोलखा–सिंगटी सडकसँग जोडिएको कुभिण्डेमा राख्ने निर्णय पारित गरेको हो ।
दोलखाको लापिलाङमा एक पुरुष चार दिनदेखि सम्पर्कबिहिन
शुक्रबार, साउन १९, २०८०
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकामा एक पुरुष चार दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ५८ वर्षिय मानबहादुर थामी रहेका छन् । उनी गत चारदिनदेखि बेपत्ता भएपनि अझै फेला पर्न नसकेको स्थानीयले जानकारी दिएका छन् ।
गौरीशंकर ७ मा पहिरोमा परी बेपत्ता वालकको शव फेला, तीन जना अझै बेपत्ता
शुक्रबार, साउन १९, २०८०
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार बेलुका गएको पहिरोमा परी बेपत्ता भएका मध्ये एकजनाको शव फेला परेको छ । पहिरोमा पुरिएर बेपत्ता तीन वर्षीय बालक प्रिन्स थामीको शव फेला परेको हो । अन्य तीन जना अझै बेपत्ता छन् । पहिरोले घर पुरिँदा टोपाटारका कृष्ण मगर, उनीकी श्रीमती देव...
गौरीशंकर ७ मा पहिरोमा परी बेपत्ता हुनेको संख्या ४ पुग्यो, तीन जना घाईते
शुक्रबार, साउन १९, २०८०
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार बेलुका गएको पहिरोमा परी बेपत्ता हुनेको संख्या ४ पुगेको छ । पहिरोमा परेर बेपत्ता हुनेमा स्थानीय ५४÷५५ बर्षका कृष्णबहादुर मगर, सोही उमेर हाराहारीका उनकी श्रीमती देव मगर, ५३÷५४ बर्षका हरिलाल श्रेष्ठ र ३ बर्षको बालक प्रिन्स थामी बेपत्ता छन् ।
दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोमा परी तीन जना घाईते, तीन जना बेपत्ता
शुक्रबार, साउन १९, २०८०
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ खारेमा पहिरोले ७ वटा घर क्षतिग्रस्त बनाएको छ । पहिरोमा परी दुई जना घाईते भएका छन् । घट्नामा केही बेपत्ता भएको आशंका गरिएको छ । घट्नामा ७ वटा घरमा पहिरोले क्षति पुर्याएको र घट्नाको बिस्तृत बिवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय...
दोलखाबाट कार्यालयहरु सार्न थालियो, नागरिक समाजद्धारा एउटा कार्यालयमा तालाबन्दी
मंगलबार, साउन १६, २०८०
चरिकोट । दोलखाबाट सेवा प्रदान गर्दै आएको सरकारी कार्यालयहरु सार्न थालिएपछि नागरिक समाजले आन्दोलन सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई दोलखा रामेछाप सार्ने लागिएको बिरोधमा आज कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरु गरेको हो ।
पत्रकार महासंघ दोलखामा अनियमितता र बेथिति बढेको भन्दै प्रेस चौतारीको ध्यानाकर्षण
आइतबार, साउन १४, २०८०
चरिकोट । नेपाल पत्रकार महासङ्घ दोलखा शाखामा अनियमितता र बेथिति बढेको भन्दै प्रेस चौतारी दोलखाले ध्यानाकर्षण गराएको छ । महासंद्धको जिल्ला नेतृत्वले आर्थिक अनियमितता लगायत पदको चरम दुरुपयोग गरेको चौतारीको आरोप छ ।
दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्ने अबसर, आवेदन खुल्यो
आइतबार, साउन १४, २०८०
काठमाडौं । दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्न जनशक्ति माग भएको छ । उक्त कम्पनीमा काम गर्न जान चाहनेहरुलाई फारम भर्न ईपीएस कोरिया शाखाले आह्वान गरेको छ । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको हो ।